सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आमाको हत्या गरेको आरोपमा १ जना पक्राउ

आइतबार, ०७ भदौ २०७७, १४ : ५७
आइतबार, ०७ भदौ २०७७

सर्लाही । सर्लाहीमा एक पुरुषलाई आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । लालबन्दी नगरपालिका वडा नम्बर २ स्थित पुनर्वास टोलस्थित ३२ वर्षीय राजबीर पासवानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।  पासवानले मादक पदार्थ सेवन गरी ५० वर्षीया आमा उर्मिला पासवानलाई ढुङ्गा प्रहार गर्दा टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको थियो ।  

टाउकोमै चोट लागि घाइते भएका बाबु उपेन्द्र पासवानको मनिषा हेल्थ केयर नवलपुरमा उपचार भइरहेको छ । घटनाको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय नवलपुर र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले राजबीरलाई पक्राउ गरेको गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप