सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा कानुन मन्त्रीका स्वकीय सचिवसहित १० जनामा कोरोना संक्रमण

आइतबार, ०७ भदौ २०७७, १७ : ५७
आइतबार, ०७ भदौ २०७७

जनकपुर । प्रदेश नम्बर २ मा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवका स्वकीय सचिवसहित एक निजी अस्पतालका १० जना कर्मचारी कोरोना संक्रमित भएका छन् । कानुनमन्त्री यादवका स्वकीय सचिवसहित स्थानीय काव्या अस्पताल प्रालिका १० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रादेशिक स्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको पीसीआर परीक्षणको क्रममा आइतबार आएको नतिजा अनुसार उनीहरु संक्रमित रहेको जनाइएको छ ।  केहि साताअघि कानुनमन्त्री यादव स्वयम् संक्रमित थिए ।  अहिले उनका स्वकीय सचिवमा कोरोना संक्रमण पोजेटिभ आएको छ ।

मन्त्री यादवले आफु अहिले पनि होम आईसोलेसनमा रहेकाले करिब २० दिनदेखि स्वकीय सचिवसहित कसैसँग पनि भेटघाट नभएको बताए । त्यस्तै जनकपुरधाम वडा नम्बर ९ स्थित काव्या अस्पताल प्रालिका १० जनामा संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

अस्पतालका एकजना चिकित्सकसहित आइसीयूका  ७ जना स्वास्थ्यकर्मी र प्रशासनका २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । केहि दिनअघि एक निजी अस्पताल आस्था अस्पतालका लेखापालमा समेत कोरोना संक्रमण पोजेटिभ पाइएको थियो । उनी अहिले आइसोलेसनमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप