बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्रालयद्वारा कोभिड अस्पतालको लेभल खारेज

सोमबार, ०८ भदौ २०७७, १७ : ३४
सोमबार, ०८ भदौ २०७७

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितलाई उपचार गर्न छुट्याइएको ३ तह (लेभल)को अस्पतालको व्यवस्थालाई खारेज गरेको छ । संक्रमितको उपचारको लागि तोकिएका एक, दुई र तीन लेभलका अस्पतालहरूले सेवा दिन सक्ने अवस्था भएपनि बिरामीलाई रिफर गर्र्ने प्रवृत्ति बढेकाले मन्त्रालय यस्तो निर्णय लिएको हो । 

पछिल्लो समय संक्रमितको संख्या बढेसँगै कुन लेभलको अस्पतालले कति उपचार गर्ने भन्नेमा समेत अन्योलता देखिएसँगै  १, २ र ३ लेभल भनेर भनिँदै आएको कोभिड अस्पताल नामाकरण मन्त्रालयले खारेज गरेको हो ।   

अस्पतालहरूले बिरामीको चिकित्सकीय अवस्थाका आधारमा सेवा दिने वा सेवा दिन नसकेकोमा रिफर गर्न पाउनेछन् । अब ४९ अस्पतालले कोभिडका बिरामीहरूको उपचार गर्नेछन् भने १ सय १५ वटा अस्पतालले स्क्रिनिङका लागि फिभर क्लिनिक चलाउने छन् । 
मन्त्रालयले यसअघि कोरोना संक्रमितको उपचारको लागि तोकेका सबै अस्पताललाई कोभिड अस्पताल भनेर तोक्ने निर्णय मन्त्रालयले गरेको सहप्रवक्ता समिरकुमार अधिकारीले बताए । कोभिडको उपचारको लागि तोकिएका अस्पतालहरूले ननकोभिडका बिरामीको उपचार छुट्टै गर्नुपर्ने हुन्छ ।

यसअघि मन्त्रालयले लेभल १ अस्पतालका रुपमा आयुर्वेद रिसर्च एण्ड ट्रेनिङ सेन्टर अस्पताल कीर्तिपुर, काठमाडौं मेडिकल कलेज, कोरोना अस्थायी अस्पताल चितवन, अस्थायी कोभिड अस्पताल (कोशी अस्पताल) विराटनगर, जानकी अस्पताल, बागलुङ अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, जिपी कोइराला राष्ट्रिय सेन्टर फर रेस्पेटरी  डिजिज तनहुँ, राप्ती प्रादेशिक अस्पताल, लुम्बिनी अस्पताल, प्रादेशिक अस्पताल सुर्खेत, अछाम अस्पताल, भीम अस्पताल, टीकापुर अस्पताल, डडेल्धुरा अस्पताललाई वर्गीकरण गरिएको थियो ।

लेभल २ अस्पतालको रुपमा  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल नेपाल सशस्त्र बल अस्पताल, भरतपुर अस्पताल, कोशी अस्पताल, नारायणी अस्पताल, जनकपुर अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत अस्पताल र सेती अस्पताललाई बर्गीकरण गरेको गरिएको थियो । सरकारी, निजी र मेडिकल कलेज गरी १ सय २४ वटा अस्पतालले कोरोना संक्रमितको उपचार गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप