आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भैरहवाको भिम अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु

मङ्गलबार, ०९ भदौ २०७७, १० : ५१
मङ्गलबार, ०९ भदौ २०७७

बुटवल – रुपन्देहीमा कोरोना संक्रमित एकजना विरामीको मृत्यु भएको छ । रुपन्देहीको गैडहवा गाउँंपालिकाका–३ का ५५ वर्षिय पुरुषको गए राति भीम अस्पताल भैरहवामा मृत्यु भएको हो । 

उनी एक हप्ताअघि बुटवलमा घर निमार्ण गर्ने क्रममा लडेर घाईते भएका थिए । लडेर गम्भीर घाइते भई युनिभर्सल  मेडिकल कलेजमा उपचार गराइरहेका गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवी घिमिरेले रातोपाटीलाई बताए ।

टाउकोमा रगत जमेका कारण शल्यक्रिया गर्ने क्रममा उनको पीसीआर परीक्षण गर्दा ४ दिन अघि कोरोना पोजेटिभ देखिएको आफन्तले बताएका छन् ।

कोरोना पोजेटिभ देखिएपछि मेडिकल कलेजले डिस्जार्चका लागि दबाब दिएकाले उनलाई भीम अस्पतालमा ल्याएर भर्ना गरिएकोमा सोमबार राति मृत्यु भएको अस्पताले हो । 

योसंगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ६ पुगेको छ । बुटवलको देवीनगरमा घर बनाउदै गर्दा दुई तलाबाट लडेर घाईते भएका हुन् । बुटवलवाट भैरहवा पठाएपछि उपचार गर्दा गर्दे मृत्यु भएको अघिकृत घिमेरेले बताए । 

गैहवाहा ३ ढेउठनियाँ बस्ने  मृत्तकको आफन्तहरु १८ जनालाई होम आइसोलेसनमा राखिएको छ । भने दुई जना कुरुवाको अहिले पिसिआर टेस्टको लागि प्रक्रिया अगाडि बढाइएको छ । शव व्यवस्थानका लागि सेनाले जिम्मा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप