आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एउटै वडाका ६ जनामा कोरोना पुष्टि

मङ्गलबार, ०९ भदौ २०७७, ११ : २८
मङ्गलबार, ०९ भदौ २०७७

तनहुँको भानु नगरपालिकाको एउटै वडामा आज थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

भानु नगरपालिका–१ मा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये चार महिला र दुई पुरुष छन् । उक्त वडाका ४६ र ६३ वर्षीय पुरुष तथा ४५, ५२, १७ र २५ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

थपिएका सबै समुदायका व्यक्ति हुन् । तनहुँमा हालसम्म भानु नगरपालिकामा सबैभन्दा बढी समुदायका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भानु नगरपालिका–१ का ३४ वर्षीय एक पुरुषमा कोरोना सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङबाट सोही वडाका २० जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि प्रहरी, इन्जिनियर र वडाध्यक्षलाई समेत कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

आज थपिएका कोरोना सङ्क्रमित शुरुमा पहिचान भएकाहरुकै नजिकका व्यक्ति रहेको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए । 

कन्ट्याक्ट ट्रेसिङबाट १ सय २७ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकोमा ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए । 

भानु नगरपालिकामा समुदायका व्यक्तिमा कोरोना फैलिएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले भदौ १४ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप