आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोखरामा थप ११ मा कोरोना सङ्क्रमण पुष्टि

मङ्गलबार, ०९ भदौ २०७७, १२ : २१
मङ्गलबार, ०९ भदौ २०७७

यहाँ एक सञ्चारकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज यहाँ जारी तथ्याङ्कमा  चार कोरोना सङ्क्रमित मध्ये एक सञ्चारकर्मी समेत परेको उल्लेख छ । 

स्थानीय रेडियो र पत्रिकामा रिपोर्टिङ गर्ने ३४ वर्षीय ती पुरुष सञ्चारकर्मीमा   सङ्क्रमणको  लक्षण नभएको तर कन्ट्रयाक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा पोजिटिभ देखिएको जनाइएको छ । कोरोनाको जोखिम बढ्दै गएपछि पोखरा– २८ घरभएका सञ्चारकर्मीले आफू कार्यरत एफएममै आवासीय रुपमै रहेर काम गर्दै आउनु भएको थियो ।  

पोखरा –२७ को एक बैंकमा कार्यरत सुरक्षाकर्मीलाई सङ्क्रमण पुष्टि भएपछि ती सञ्चारकर्मी कन्ट्रयाक्ट ट्रेसिङमा परेका थिए  । उक्त बैंक भएको भवनमा उनी कार्यरत  एफएम रहेको छ । उनको स्वाब शनिबार पोखरा –२७ को वडा कार्यालयमा सङकलन गरिएको थियो । 

सङ्क्रमण पुष्टि भएपछि उनलाई आइसोलेशनमा लैजाने तयारी गरिएको छ । उनीसँग परिवारका व्यक्ति पनि सम्पर्कमा आएकाले कन्ट्रयाक्ट ट्रेसिङको प्रक्रिया अघि बढाइएको छ । 

प्रदेश निर्देशनालयको मंगलबार सार्वजनिक पछिल्लो जानकारी अनुसार पोखरामा मात्रै ११  र गण्डकीमा १७  कोरोना सङक्रमित थपिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप