बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

यसकारण टाढा रहनुस्  गुलियोबाट

मङ्गलबार, ०९ भदौ २०७७, १४ : ३१
मङ्गलबार, ०९ भदौ २०७७

कोही व्यक्ति चाहे जतिसुकै हेल्थ कन्सस किन नहोस्, तर जब सामुन्ने केक वा आइसक्रिम भेटिन्छ । तब यसको सेवनबाट आफैंलाई रोक्न निकै मुुस्किल भइदिन्छ । 
यो जान्दा जान्दै कि मिठाइको सेवनले स्वास्थमा नकारात्मक प्रभाव पार्नसक्छ । जस्तो, टाउको दुखाई, सुुस्त वा हर्मोनल असन्तुलन । यी सबैका बाबजुद चिनीलाई आफ्नो डाइटबाट हटाउन निकै मुस्किल हुुन्छ । 
यस पछाडिको वैज्ञानिक कारण यो छ कि चिनी वा गुलियोले हाम्रो दिमागमा ओपिओइड रेसेप्टर्सलाई एक्टिभेट गर्छ, जसले दिमागको रिवार्ड सिस्टमलाई सुरु गरिदिन्छ । 

सामान्य भाषामा भन्नुपर्दा चिनी वा चिनीबाट बनेका चिज खानाले हाम्रो मुड राम्रो हुन्छ र हामी खुुसी हुन्छौं र हाम्रो दिमागलाई यसको आदत नै बन्छ, त्यसैले जब पनि हामी उदास हुुन्छौं वा हाम्रो मुुड ठिक हुँदैन, तब हामी केही मिठो खान खोज्छौं ।

–  सायद तपाईंलाई थाहा छैन कि चिनी वा गुलियो खान बन्द गर्दा तपाईंको शरीमा धेरै तरिकाका फाइदा देखिन्छन् । अध्ययनका अनुसार जब गुुलियो खान बन्द गरिन्छ, तब यसको असर शरीरमा यस्तो देखिन्छ, जस्तो ड्रग्स छाडेपछि देखिने गर्छ । विज्ञहरुका अनुसार गुलियो वा चिनी छाड्दा सुरुवाती केही दिनमा तपाईंलाई थकान, टाउको दुखाई वा तनाव हुनसक्छ । केही मानिसहरु पेटसँग जोडिएका समस्याहरुका कारण उदास पनि महसुस गर्छन् । किनकी यस समय हाम्रो शरीरले ग्लुुकोजलाई कम स्तरमा एडजस्ट गर्ने कोसिस गरिरहेको हुन्छ । 

– जसरी तपाईंको शरीर चिनी बिना एडजस्ट हुन अभ्यस्त हुन्छ, तब तपाईंले उर्जावान् महसूस गर्न थाल्नुहुन्छ । त्यस्तै, दिनभर निकै इनर्जेटिक महसुस गर्नुहुुन्छ र तनावको समस्या पनि खतम हुनेछ । 
तपाईंको डाइटबाट चिनी वा गुलियो हटाउनुुको सकारात्मक प्रभाव निन्द्रामा पर्नसक्छ । तपाईंलाई राम्रो निन्द्रा आउनेछ, जो तपाईंको स्वास्थका लागि निकै जरुरी छ ।

चिनीको कमीले तपाईंको तौल पनि नियन्त्रणमा रहन्छ । त्यसो त गुुलियो खानाले मात्रै तपाईंको तौल बढ्ने होइन, तर यदी तपाईं निकै धेरै मात्रामा गुुलियो खानुहुुन्छ भने वजन बढ्ने समस्या देखिनसक्छ । 
जब तपाईंले चिनी या गुुलियो खाना कम गर्नुहुुन्छ वा बन्द गर्नुुहुन्छ, तब बिस्तारै नै सही तपाईंको शरीरको एक्स्ट्रा फ्याट कम हुन थाल्छ, जसकारण तपाईंको वजन पनि नियन्त्रित हुन्छ । 

यसका लागि थोरै समय लाग्नसक्छ । केवल गुलियोको मात्रा कम गर्दैमा तौल नियन्त्रण भने हुँदैछ । तपाईंले यससँगै प्रोटिनको मात्रा बढाउनुुपर्छ र अभ्यास पनि नियमित गर्नुपर्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप