सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘इन्सपेक्टर हुँ’ भन्दै मेडिकल सञ्चालकलाई बन्धक बनाउने २ जना पक्राउ

मङ्गलबार, ०९ भदौ २०७७, १७ : ३८
मङ्गलबार, ०९ भदौ २०७७

काठमाडौं । सुनसरीको रामधुनी नगरपालिका–५ मा मेडिकल पसल चलाउने ४३ वर्षीय पुरुषलाई बन्धक बनाउने २ जनालाई प्रहरीले पक्रेको छ । शुक्रवार साँझ अज्ञात ब्यक्तिले बारम्बार फोन गरेर मेडिकल सञ्चालकलाई लगौनाचोकमा बोलाएर बन्धक बनाएका थिए ।

लगौनाचोकस्थित डायमण्ड कम्प्लेक्समा मेडिकल सञ्चालकलाई ‘शरीर बन्धक’ बनाउने सन्दिप देवान उर्फ समिप मगर  र गणेश दर्जी उर्फ डनदाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ‘प्रहरीको इन्सपेक्टर हुँ’ भनेर फोन गरेपछि मेडिकल सञ्चालक भदौ ५ मा साँझ लगौनाचोक पुग्छन् । त्यहाँ भेटिएका २ जनाले उनलाई मनोजकुमार चौधरीको घरको दोस्रो तलाको डायमण्ड कम्प्लेक्समा बन्धक बनाउँछन् ।

बन्धक बनाउने मध्येका गणेश दर्जीले ‘म ईप्रका धरानको इन्सपेक्टर हुँ, तिमीले धरानमा गल्ती गरेका रहेछौ’ भन्दै धम्क्याउँदै ३ लाख रुपैयाँ मागेका थिए । सन्दिप र गणेशले औषधी पसलेलाई ‘भोलिपल्ट ३ लाख २० हजार रुपैयाँ दिनुपर्ने’ शर्तमा नागरिकता, लाइसेन्स र मेडिकल दर्ता प्रमाणपत्र लिएर खाली कागजमा औठाछाप लगाएर छाडेका थिए ।

पक्राउ परेका २ जनालाई आपराधिक लाभ मुद्धामा जिल्ला अदालत सुनसरीबाट म्याद लिएर थप अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप