सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश २ कोरोना अपडेटः २४ घण्टामा २ जनाको मृत्यु, १ सय ६४ जना संक्रमित

मङ्गलबार, ०९ भदौ २०७७, २० : ०५
मङ्गलबार, ०९ भदौ २०७७

जनकपुर । प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने १ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ । २६ महिलासहित १ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार सर्लाहीमा ५०, धनुषामा ३८, रौतहटमा २६, महोत्तरीमा १७, बारामा १७, सिरहामा १५ र पर्सामा १ जना व्यक्ति संक्रमित भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशमा संक्रमितको संख्या ९ हजार १ सय ८१ पुगेको जनाइएको छ भने संक्रमितमध्ये ७ हजार ८ सय ५९ पुरुष र १ हजार ३ सय २२ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

सर्लाहीमा गोडैता नगरपालिकाका १४ देखि ६८ वर्ष उमेर समूहका ३६ पुरुष, बसबरिया गाउँपालिकाका २१ वर्षीया एक युवती, ३२, ३३ वर्षीय पुरुष, रामनगर गाउँपालिकाका २४ वर्षीय एक युवक र कर्मैयाका ३९ वर्षीया एक महिला एवम् १६ देखि ५५ वर्ष उमेर समूहका ९ पुरुष संक्रमित भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यस्तै धनुषाको प्रादेशिक अस्पताल जनकपुरका २४ देखि ५० वर्ष उमेर समूहका ३ महिला र २५ तथा ५४ वर्षीय २ पुरुष, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २, ४, १४ र १८ का २९ देखि ५५ वर्ष उमेर समूहका ५ पुरुष, नेपाल प्रहरीका ४१ वर्षीय पुरुष, खजुरीका २२ वर्षीया एक युवती, मिथिला नगरपालिकास्थित लालगढका ४० वर्षीय पुरुष, मिथिला नगरपालिका ८ घर भई हाल प्रादेशिक अस्पताल जनकपुरमा रहेका २१ वर्षीया युवती, नगराईन नगरपालिका २ र ७ का ४५ वर्षीया एक महिला र ३८ देखि ४३ वर्ष उमेर समूहका ३ पुरुष, क्षिरेश्वरनाथ नगरपालिकाका १ वर्षीय एक बालक र ५५ वर्षीय एक पुरुष, महेन्द्रनगर घर भई हाल प्रादेशिक अस्पतालमा रहेका २६ वर्षीया महिला, सुन्दरपुर घर भई हाल प्रादेशिक अस्पतालमा रहेका २४ वर्षीया महिला, एनवि बैंकका ३९ वर्षीय एक पुरुष, जानकी फाइनान्सका २५ वर्षीया एक महिला र २९ देखि ४१ वर्ष उमेर समूहका ३ जना पुरुष, राष्ट्रिय वाणिज्य बैंकका २२ र ३० वर्षीया २ जना महिला एवं ५४ वर्षीय एक पुरुष, एभरेष्ट बैंकका २९ वर्षीया एक महिला र ३२ वर्षीय एक पुरुष, एनबिएल बैंकका ५१ वर्षीय पुरुष, भेटेरिनरी अस्पतालका ५१ वर्षीय पुरुष, लक्ष्मीपुरका ५५ वर्षीय पुरुष, कमला नगरपालिकाका ३१ वर्षीय पुरुष, विसनपुरकट्टीका २२ वर्षीया युवती र लक्ष्मीनिया गाउँपालिका–५ घर भई हाल प्रादेशिक अस्पतालमा रहेका ३४ वर्षीया महिला समेत संक्रमित रहेको जनाइएको छ ।

त्यस्तै रौतहटको परोहा नगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरुष, गढीमाई नगरपालिकाका ३० वर्षीया महिला र २० देखि ४३ वर्ष उमेर समूहका ५ पुरुष, गुजरा नगरपालिकाका ४२ वर्षीय पुरुष, मौलापुर नगरपालिकाका २० देखि ५० वर्ष उमेर समूहका ५ पुरुष, चपुर अस्पतालका १२ वर्षीया एक बालिका र २९ वर्षीय एक पुरुष, राजदेवी नगरपालिकाका १६ देखि ७२ वर्ष उमेर समूहका ५ महिला एवं ९ देखि ४५ वर्ष उमेर समूहका ४ पुरुष, माधवनारायण नगरपालिकाका ४२ वर्षीय पुरुष र गरुडा नगरपालिकाका ३६ वर्षीया एक महिला कोरोना संक्रमणको चपेटामा परेका छन् ।

त्यस्तै महोत्तरीको जलेश्वर नगरपालिका २ देखि ९ सम्मका २० देखि ५३ वर्ष उमेर समूहका ९ पुरुष, औरही नगरपालिकाका २४ र २५ वर्षीय २ पुरुष, रतौली–६ का ३४ वर्षीय पुरुष, बलवा नगरपालिका–६ का २२ देखि ७२ वर्ष उमेर समूहका ३ पुरुष, सोनमा गाउँपालिका–१ का २९ वर्षीय एक पुरुष र बरई–६ का २६ वर्षीया एक महिला रहेका छन् ।

त्यसैगरी बाराको कलैया उपमहानगरपालिकाका २४ देखि ५० वर्ष उमेर समूहका ७ पुरुष, विश्रामपुर गाउँपालिका–२ का ३९ वर्षीय पुरुष, करैयामाई गाउँपालिकाका ३५ देखि ५९ वर्ष उमेर समूहका ४ पुरुष र महागढीमाई आइसोलेसन होमका ५२ वर्षीया एक महिला र १४ देखि ५२ वर्ष उमेर समूहका ४ जना पुरुष संक्रमित भएका छन् ।

उता, सिरहाको सुखीपुर नगरपालिका–९ का २५ देखि ५५ वर्ष उमेर समूहका ३ पुरुष, कर्जन्हा नगरपालिका–६ का ३९ वर्षीय पुरुष, लहान नगरपालिका–२, ८ र २४ का २१ देखि ३२ वर्ष उमेर समूहका ५ जना पुरुष, धनगढीमाई नगरपालिका–१२ का २३ वर्षीय एक युवक, भगवानपुर गाउँपालिका–३ का २१ वर्षीय एक युवक, मिर्चैया नगरपालिका–४ र ७ का २८ देखि ६२ वर्ष उमेर समूहका ३ पुरुष र बरहथवा–१० का ३५ वर्षीय एक पुरुष रहेका छन् । त्यस्तै पर्साको औरही नगरपालिकाका ३२ वर्षीय एक पुरुष समेत आजै संक्रमित रहेको जनाइएको छ ।  

त्यसैगरी सप्तरीमा १३ हजार १ सय २६, सिरहामा ६ हजार ३ सय ९२, धनुषामा १० हजार ३८, महोत्तरीमा ५ हजार ६ सय ३०, सर्लाहीमा १० हजार ४ सय ७२, रौतहटमा १९ हजार ५ सय २३, बारामा ७ हजार ९ सय ७६ र पर्सामा १७ हजार ६ सय ३७ जना गरि जम्मा ९० हजार ७ सय ९४ जनाको स्वाब परिक्षण गरिएकोमा ९ हजार १ सय ८१ जना संक्रमित रहेको जनाइएको छ ।

प्रदेशमा सबैभन्दा बढी पर्सामा २ हजार ९ जना संक्रमित रहेका छन् भने रौतहटमा १ हजार ५ सय ९०, धनुषामा १ हजार ३ सय ९, सर्लाहीमा १ हजार २ सय ८०, महोत्तरीमा १ हजार १ सय ३५, सप्तरीमा ७ सय ४७, बारामा ७ सय २३ र सिरहामा ३ सय ८८ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ४ हजार ८ सय ६ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा ५६ जना व्यक्तिहरु अस्पतालबाट डिस्चार्ज भएका छन् ।
हालसम्म पर्सामा २८, धनुषामा ११, बारामा ७, सप्तरीमा ५, सिरहामा ४, रौतहटमा ३, सर्लाहीमा ३ र महोत्तरीमा ३ जना गरि ६४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप