बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

पुरानो मेडिकल कलेज चितवन र रोटरी क्लब बीच मेगा हेल्थ क्याम्प आयोजना गर्ने सहमति

बुधबार, १० भदौ २०७७, १४ : ४७
बुधबार, १० भदौ २०७७

काठमाडौं । पुरानो मेडिकल कलेज चितवन र रोटरी क्लब अफ चितवन बीच मेगा हेल्थ क्याम्प आयोजना गर्ने सहमति भएको छ ।

रोटा वर्ष २० र २१ मा मेडिकल कलेज र रोटरी क्लबको सयुक्त आयोजनामा वर्षमा ३ वटा डेन्टल क्याम्प हुनेछ भने कम्तीमा पनि एउटा मेगा हेल्थ क्याम्प आयोजना गरिने उक्त सम्झौतामा उल्लेख गरिएको छ। 

साथै उक्त क्याम्पबाट आएकालाई कलेजले अधिकमा ५५ प्रतिशत न्यूनतम १५ प्रतिशतसम्म छुट दिइने स्मरण पत्रमा हस्ताक्षर भएको थियो।यस बर्ष उक्त सम्झौताले आर्थिक विपन्न समूहलाई टेवा पुग्ने रोटरी क्लब अफ चितवनका दन्त तथा मुख स्वास्थ्य समिती प्रमुख राजन पियाले बताए । 

पुरानो मेडिकल कलेज चितवनमा अब रोटरी क्लबद्वाराआयोजित क्याम्पमा आउने सम्पूर्णले अस्पताल तर्फका सेवामा छुट पाउनेछन। यसपत्रमा अस्पतालका तर्फबाट अतिरिक्त निर्देशक डा.मनोहर प्रधान र प्रमुख संचालन अधीकृत डा. सुप्रभात श्रेष्ठ र रोटरी क्लब अफ चितवन तर्फबाट अध्यक्ष रोशन पिया तथा दन्त तथा मुख स्वास्थ्य बिभाग प्रमुख राजन पियाले हस्ताक्षर गरे ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप