सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हेटौंडा प्रयोगशालामा ७ दिनसम्म आउँदैन कोरोना रिपोर्ट

बुधबार, १० भदौ २०७७, १६ : १३
बुधबार, १० भदौ २०७७

हेटौंडा । बाग्मती प्रदेशको राजधानी हो, मकवानपुरको हेटौडा* । तर प्रदेशकै राजधानी रहेको हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा कोरोना परीक्षणमा चरम लापरवाही भएको सर्वसाधारणले गुनासो गरेका छन् । प्रयोगशालाले७ दिनसम्म पनि रिपोर्ट नदिँदा मानसिक पीडा खेप्न बाध्य भएको उनीहरुको भनाइ छ । 

प्रयोगशालाले भदौ ४ गतेपछिको रिपोर्ट एक साता बित्दा पनि नआएको स्थानीय जनप्रतिनिधिहरुको भनाइ छ । उनीहरुका अनुसार हेटौँडामा भदौ २ पछिमात्रै कोरोनाको आशंकामा स्वाब संकलन गराएका करिब १५ सय सर्वसाधारण नागरिक होम आइसोलेसनमा बसेर दैनिक रिपोर्टको प्रतीक्षा गरिरहेका छन् । 

’एक सातादेखि अपराधी जसरी लुकेर बस्नुपरेको छ । रिपोर्ट कहिल्यै आउदैन’, कन्ट्याक ट्रेसिङमा परी भदौ ४ गते स्वाब दिएका मकवानपुरगढी गाउँपालिकाका ७ का वडाध्यक्ष सुर्यबहादुर रुम्वाको गुनासो छ । 
’रिपोर्ट नआई बाहिर जान नैतिकताले दिँंदैन, नजाउँ जनताले यो विपत्तिमा वडाअध्यक्ष नै लुकेर बस्यो भन्छन् । मानसिक पीडा त छँदै छ त्यसमाथि नजरवन्दमा बस्नुपर्दा समस्यामाथि समस्या थपियो’, रुम्वाको भनाइ छ । 
७ दिनसम्म रिपोर्ट दिन नसक्नुमा सरकारको गैरजिम्मेवारीपनाको पराकाष्टा भएको पनि उनले बताए । 

जनतालाई थुनेर सरकारका मुख्यमन्त्रीदेखि विभागीय मन्त्री आफ्नो दुनो सोझाउने ध्यानमा लागेको उनको गुनासो छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका कोभिड प्रवक्ता एव्् वरिष्ठ स्वास्थ्य प्रशासक पुरुषोत्तम सेढाईंले रिपोर्ट आउन ढिला भएको स्वीकार गरे । 

यद्यपी उनले एकैपटक धेरै स्वाव संकलन भएकाले स्वावको चाप धेरै हुँदा केही स्वाव काभ्रेको धुलिखेलसम्म लगेर दैनिक रिपोर्ट सार्वजनिक गरिरहेको दावी पनि गरे । 
‘गएको एक सातामा एकदम धेरै टेस्ट भयो । सवैले एकैपटक जस्तो स्वाब कलेक्सन गरे । जुन ५, ६ दिनपछि गर्दा पनि हुने थियो । त्यसले एकैपटक हजारौ स्वाब जम्मा भयो । त्यो सवै स्वाब एकैपटक परीक्षण गर्ने क्षमता हाम्रो छैन । त्यसैले केही दिन ढिला भएको हो’, उनले रातोपाटीसँग भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप