सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकका पहिरो पीडितलाई रुकुम पश्चिमको सहयोग

बुधबार, १० भदौ २०७७, १७ : ००
बुधबार, १० भदौ २०७७

काठमाडौैं । रुकुम पश्चिमका संघीय सांसद तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकरले सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदिका पहिरो पीडितलाई एक लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् । उक्त रकम रुकुम पश्चिम जिल्लाका स्थानीय पालिका प्रमुखहरु, जिल्ला समन्वय प्रमुख, प्रदेश र संघीय सांसदका जनप्रतिनिधिहरुको तर्फबाट सहयोग प्राप्त भएको हो ।

सो रकम बुधबार बिहान नेकपाका नेता समेत रहेका शर्माले सभामुख अग्नि साप्कोटालाई हस्तान्तरण गरेका हुन् ।  सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा साउन अन्तिममा गएको पहिरोमा परि ३८ जनाको वेपत्ता भएका थिए । दर्जनभन्दा बढी घर परिवार विस्थापित हुनु परेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप