सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

परिस्कृत सुरक्षा विशेषतासहित सुपर स्प्लेण्डर बजारमा

बिहीबार, ११ भदौ २०७७, १३ : ४२
बिहीबार, ११ भदौ २०७७

काठमाडौं । मोटरसाइकल तथा स्कूटरको विश्वको सबैभन्दा ठूलो निर्माता हिरो मोटोकर्पले रोमाञ्चक र सुरक्षित श्रेणीका उत्पादन प्रतिको आफ्नो प्रतिबद्धता दोहो¥याउँदै आजबाट अत्याधिक लोकप्रिय सुपर स्प्लेण्डरको नयाँ अद्यावधिक संस्करण बजारमा ल्याएको छ ।

सुपर स्प्लेण्डर अब अझ सुरक्षित र एकीकृत ब्रेक प्रणाली (आइबीएस) सहित थप सुरक्षित भएको छ । आइबीएस एक परिस्कृत सुरक्षा विशेषता हो जसले पछाडिको ब्रेक लगाउँदा अगाडि र पछाडिको ब्रेकका बीचमा ब्रेक लाग्ने कार्यको वितरणलाई सक्षम तुल्याउँछ । यसले सवारी चालकका लागि सबै परिस्थितिहरूमा अतिरिक्त सुरक्षा सुनिश्चित तुल्याउँछ ।

सुपर स्प्लेण्डरअब (आइबीएस) सहित देशभरिका हिरोे मोटरसाइकलको आधिकारिक शोरूममा एक लाख ९८ हजारमा (सेल्फ ड्रम एलोय व्हील) उपलब्ध हुनेछ ।

सुपर स्प्लेण्डर भारतको जयपुरस्थित हिरो मोटोकर्र्पको अत्याधुनिक अनुसन्धान तथा विकास केन्द्र (आरएन्डडी केन्द्र) इनोभेसन एन्ड टेक्नोलोजी केन्द्रमा डिजाइन र विकसित गरिएको हो । यो बजार प्रवेशसँगै हिरो मोटोकर्र्र्पले आफ्ना ग्राहकहरूलाई प्रिमियम, उच्च–गुणस्तर र सुरक्षित उत्पादनहरू प्रदान गर्ने कुरामा आफ्नो ध्यान केन्द्रित गरेको छ ।

हिरो मोटोकर्पको ग्लोबल बिजनेसका प्रमुख रजत भार्गवले भने, “नेपालमा हाम्रा ग्राहकहरूका लागि आइबीएसको साथ सुपर स्प्लेण्डर बजारमा ल्याउन पाउँदा हामीलाई खुसी लागेको छ । सुपर स्प्लेण्डर देशको सबैभन्दा लोकप्रिय मोटरसाइकल मध्ये एक हो र ब्राण्ड प्रतिको विश्वास यस मोटरसाइकलको लागि मात्र बढ्नेमा हामी विश्वस्त छौं, जुन अब पहिलेभन्दा सुरक्षित छ ।”

आइबीएसको साथ सुपर स्प्लेण्डर
सुपर स्प्लेण्डर विश्वास, विश्वसनीयता र इनधन दक्षताका अलावा आफ्नो प्रदर्शन र टिकाउपनका सबै बक्समा चिन्हित भएर सबै ब्राण्डमा भिन्न बनेको छ । यो मोटरसाइकल एउटा एयर कुल्ड, फोर–स्ट्रोक एकल सिलिण्डर, १२४.७ सीसी इन्जिनको साथ आउँदछ, जसले ७०० आरपीएममा ६.७२ केडब्लू (९.० बीएचपी) को अधिकतम पावर आउटपुट उत्पादन गर्छ भने ४००० आरपीएममा१०.३५ एनएमको अधिकतम टर्क उत्पादन गर्दछ ।

सवारी र नियन्त्रण
सुपर स्प्लेण्डर ९० किमी प्रति घण्टाको अधिकतम गतिसम्म पुग्छ । यो पनि उपयोगिता र सुविधाहरूको श्रृंखलासँग प्याक गरिएको छ । जस्तै साइड स्ट्याण्ड इण्डिकेटर, १८ इनच चौडा एलोय व्हील्स, आरामदायक सीट प्रोफाइल, ठूलो क्षमताको इन्धन ट्यांकी(१३ लिटर । र अगाडि ट्यांकी मुनि अतिरिक्त भण्डारणका लागि युटिलिटी बक्सको साथमा ।

भाइब्रेन्ट लुक
सुपर स्प्लेन्ण्डरको संरचना आधुनिक ग्राफिक्सको साथ पाँच प्रिमियम मेटालिक रंगहरूमा आउँछ । यो ब्ल्याक विथ ग्रे, क्यान्डी ब्लेजिङ रेड, ब्ल्याक विथ रेड स्ट्राइप्स, ब्ल्याक विथ भ्वाइलेट स्ट्राइप्स र एबोनी ग्रे मा यो बजारमा उपलब्ध छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप