सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मोरङमा सडक दुर्घटना, साईकल यात्रीको मृत्यु

बिहीबार, ११ भदौ २०७७, १७ : १०
बिहीबार, ११ भदौ २०७७

मोरङ । मोरङमा आज सवारी दुर्घटनाका कारण साइकलमा सवार एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ११ः०० बजे सुन्दरहरैचा नगरपालिका वडा नं. ६ स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट आइरहेको मोटरसाइकलले ठक्कर दिँदा साइकलमा सवार २ जना नवराज बराईली र डम्बर श्रेष्ठ  तथा मोटरसाइकल चालक जिल्ला बारा सिमरा –८ निवासी ४५ वर्षिय राजकुमार पुलामी सहित तीन जना घाइते भएका थिए । 

घाइते तीनै जनालाई उपचारका लागि विराट नर्सिङ होममा लगिएकामा साइकलमा पछाडी सवार श्रेष्ठको निधन भएको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । दुर्घटनाका कारण साइकल चालक बराईलीको अवस्था गम्भीर छ भने मोटरसाइकल चालकको अवस्था सामान्य रहेको र साइकल एवं मोटरसाइकल प्रहरीले नियन्त्रण लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप