आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाको कारण घट्यो जीडीपीः धनीको सम्पत्ति झनै वृद्धि, मुकेश अम्बानी विश्वका शीर्ष ५ धनी व्यक्तिमा सामेल

बिहीबार, ११ भदौ २०७७, २० : ३२
बिहीबार, ११ भदौ २०७७

कोरोनाभाइरस महामारीको कारण जीडीपीमा भारी गिरावट आएसँगै लाखौंले रोजगारी गुमाउनु पर्यो । तर यही बेला विश्वका पाँच सय शिर्ष धनीहरुको सम्पत्ति जनवरीदेखि अहिलेसम्म १४ प्रतिशतले बृद्धि भएको छ । यो वर्ष विश्वभर ५०० सबैभन्दा धनि व्यक्तिहरुको सम्पत्ति ८०९ अर्ब डलरले बढेको छ । 

अमेजनका संस्थापक तथा सीइओ जेफ बेजोसको सम्पत्ति ८७.१ अर्ब डलरले बढेको छ । जबकी एलन मस्कको ७३.६ अर्ब डलरले बढेको छ ।  योसँगै विश्वका सवैभन्दा धनी व्यक्तिको रुपमा रेकर्ड बनाएका जेफ बेजोसको सम्पत्ति दुईसय अर्ब डलर (२०० बिलियन डलर) नाघेको छ । 

टेस्ला इन्कको शेयरमा उछाल आएपछि कम्पनीका संस्थापक एलन मस्कको सम्पत्ति एकसय एक अर्ब डलर भएको छ । त्यसैगरी, फेसबुकका संस्थापक मार्क जुकरबर्ग अगस्टको सुरुमा एकसय बिलियन डलरको क्लबमा सामेल भएका थिए । बुधबार उनको सम्पत्ति ८.५ अर्ब डलरले बढेको छ । 

भारतका मुकेश अम्बानी विश्वका शिर्ष पाँच धनी व्यक्तिमा सामेल

मुकेश अम्बानी यो महिना विश्वका शिर्ष पाँच धनी व्यक्तिमा सामेल हुन सफल पहिलो एशियाली भएका छन् । यो वर्ष उनको सम्पत्ति २२.५ अर्ब डलर (१६७१.६७ अरब भारतिय)रुपैयाँले बढेको छ । 

सम्पत्ति बृद्धि हुनुमा अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिजको टेक कारोबारमा फेसबुक र सिल्भर लेक जस्ता कम्पनीले हालै गरेको लगानी सबैभन्दा ठुलो कारण थियो ।

Source: https://www.bhaskar.com/​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप