सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण बढ्दो

शुक्रबार, १२ भदौ २०७७, ०६ : २९
शुक्रबार, १२ भदौ २०७७

काठमाडौँ – महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, सोह्रखुट्टे र जनसेवा (न्युरोड)मा कार्यरत प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको छ । कोरोना नियन्त्रण तथा रोकथाम र नियमित शान्तिसुरक्षामा खटिएका सुरक्षाकर्मीमा सङ्क्रमण देखिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले कोरोना नियन्त्रण कार्यमा खटिएका प्रहरी वृत्त महाराजगञ्ज, सोह्रखुट्टे र जनसेवामा कार्यरत ट्राफिकसहित ६७ जना सुरक्षाकर्मीमा सङ्क्रमण देखिएको जानकारी दिए । 

ती वृत्तमा कार्यरत प्रहरी कर्मचारीमा सर्वसाधारण सेवाग्राही तथा थुनुवाबाट सङ्क्रमण फैलिएको दाबी प्रहरीको छ । ‘बन्दाबन्दी’ हटेसँंगै विभिन्न अपराधमा संलग्न अभियुक्त पक्राउ गर्न र नियमित सुरक्षा कार्यका लागि सडकमा खटिएकामा सङ्क्रमण देखिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप