सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वैज्ञानिकले सुँगुरको शरीरमा विकसित गरे कलेजो, मानिसमा यस्तै गरेर कलेजो प्रत्यारोपण गर्न नपर्ने दाबी

शुक्रबार, १२ भदौ २०७७, ०८ : ०६
शुक्रबार, १२ भदौ २०७७

अमेरिकी वैज्ञानिकले सुँगुरको शरीरमा कलेजो विकसित गरेका छन् । यसो गर्न सफल भएपछि वैज्ञानिकले अब मानिसमा पनि चाँडै नै यस्तो गर्न सकिने जसका कारण कलेजो प्रत्यारोपणको आवश्यकता नपर्ने बताइएको छ ।

एनवाई पोस्टका अनुसार पिट्सबर्ग युनिभर्सिटीका वैज्ञानिकले ६ सुँगुरको लसिका ग्रन्थी (लिम्प नोड) मा पूर्ण आकारको कलेजो विकसित गरेका छन् । परीक्षण यदि जनावरको एक अंग कुनै रोगका कारण खराब हुन सुरु भएपनि यो स्वस्थ रहने पत्ता लागेको छ । उनीहरुको शरीरले अन्य अङ्ग तयार गर्न सक्छन् ।

कलेजोमा आफैं विकसित हुने क्षमताः

वैज्ञानिकका अनुसार कलोजोमा आफैंलाई विकसित गर्ने क्षमता हुन्छ । यसको एउटा हिस्सा मात्रै प्रत्यारोपण गरियो भने यो पूरा कलेजोमा विकसित हुनसक्छ । शरीरमा भएको लसिका ग्रन्थीमा कलेजोको कोसिकालाई विकसित गर्न सकिन्छ । कोसिकाले मिलेर संख्या बढाउनेछ र एउटा पूरा कलोजो तयार हुनेछ ।

कलेजो फेल भइसकेका ६ सुँगुर छानिएः

वैज्ञानिकले अनुसन्धान गर्नका लागि यस्ता ६ सुँगुर छाने जसको कलेजो फेल भइसकेको थियो । उनीहरुको रक्त सञ्चारलाई डाइभर्ट गरियो । शरीरमा भएको बिरामी कलेजोको कोसिकाको एउटा हिस्सा लिए । यसलाई हेप्याटोसाइट्स पनि भनिन्छ । यी कोसिकालाई सुँगुरको लसिका ग्रम्थीमा प्रत्यारोपण गरियो ।

अनुसन्धान गर्ने वैज्ञानिक डा. एरिक लागेस भन्छन्, ‘यदि हेप्याटोसाइट्सलाई सही स्थानसम्म पुर्याइन्छ भने नयाँ कलेजो विकसित गर्न सक्छ । साधारणतया स–साना क्षती त कलेजो आफैंले निको पार्ने गर्छ ।’

नयाँ कलेजो समान्यभन्दा अझै राम्रो थियोः

वैज्ञानिकका अनुसार केही समयपछि सुँगुमा विकसित गरिएको कलेजोको अनुसन्धान गरियो । रिपोर्टमा सार्वजनिक भए अनुसार नयाँ कलेजो पुरानो कलोजोभन्दा अलि ठूलो र धेरै विकसित थियो । सबै सुँगुरमा यो बढ्ने दर अनियन्त्रित भएन ।

अनुसन्धान गर्न एक दशक लाग्योः

यस्तै एक अनुसन्धान मुसामाथि पनि गरिएको थियो जुन सफल रह्यो । यो प्रयोग ठूला जनावरमाथि गर्नका लागि एक दशक लाग्यो । अनुसन्धान रिपोर्टमा बताए अनुसार सुँगुरमा कलेजो खराब हुँदा पनि लसिका ग्रन्थीमा एउटा नयाँ कलेजो विकसित गर्न सकिने बताइएको छ ।

लिभर ट्रान्सप्लान्ट जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार मानिसको कलेजो खराब हुनुको सबैभन्दा ठूलो कारण मदिरापान र हेपाटाइटिस हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप