सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सैनामैनामा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु

शुक्रबार, १२ भदौ २०७७, १३ : ५०
शुक्रबार, १२ भदौ २०७७

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका –५ स्थित बुद्धनगरमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको मालवाहक ट्रकले ठक्कर दिँदा एकजना पैदल  यात्रुको अकालमा मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना –६ का १६ वर्षीय विनोद विक रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक कमल परियारले जानकारी दिए ।

उनका अनुसार  वीरगञ्जबाट धनगढीतर्फ जादै गरेको ना ६ ख ५७०२ नम्बर को ट्रकले अज बिहान विकलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको र उनको लुम्विनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  प्रहरीले चालक र गाडीलाई नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप