आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रार्थनाका लागि आएका ५१ जनाको हत्या गर्नेमाथि आजीवन जेल सजाय

शुक्रबार, १२ भदौ २०७७, १७ : ४२
शुक्रबार, १२ भदौ २०७७

एजेन्सी । न्युजिल्यान्डको क्राइस्ट चर्चस्थित दुईवटा मस्जिदमा गोलाबारी गर्ने ब्रेन्टन टारान्टविरुद्ध आजीवन जेल सजायको फैसला भएको छ । १५ मार्च २०१९ मा उनले दुुई मस्जिदमा छिरेर अन्धाधुन्ध गोली चलाउँदा प्रार्थना गर्न आएका ५१ जनाको ज्यान गएको थियो । 

न्युजिल्यान्डमा कुनै पनि व्यक्तिविरुद्ध जीवनभर जेलबाहिर निस्कन नपाउने सजाय भएको यो पहिलो घटना हो । २९ वर्षीय टारान्ट अस्टे«लियाली नागरिक हुन् । सजायको फैसला सुनाउनुुअघि न्यायाधीश क्यामरुन मन्देरले टारान्टलाई क्रुुर, निदर्यी र मानवता नभएको व्यक्ति भने ।  

टारान्टले पहिले अल नुर मस्जिद र त्यसपछि लिनउड इस्लामिक सेन्टरमा प्रार्थना गर्न आएकाहरुलाई मेसिनगनमार्फत गोली हानेका थिए । १५ मार्चमा भएको यस घटनामा ५१ जनाको मृत्यु भयो भने  धेरैजना घाइते भए । टारान्टले १७ मिनेटसम्म यस हमलाको फेसबुकमार्फत लाइभ पनि गरेका थिए । फेसबुकले पत्तो पाएपछि लाइभ स्ट्रिमिङलाई हटायो ।

आक्रमण गर्नुअघि उनले अन्य समुदायप्रति घृृणा फैलाउने र स्वेत सर्वोच्चताको पक्षपोषण गर्नेगरी लामो दस्तावेज नै तयार गरेका थिए ।  घटनाका २ सयभन्दा बढी पीडित तथा क्यान्टरबरीस्थित मुस्लिम संघलगायत विभिन्न संघ–संस्थासँग बयान लिएपछि न्यायाधीश मन्देरले यस्तो फैसला सुनाएका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप