सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

शुक्रबार, १२ भदौ २०७७, १७ : ५६
शुक्रबार, १२ भदौ २०७७

बुटवल । रुपन्देहीमा आज भएका छुटाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ । एक जनाको तरकारीमा पानी लगाउने क्रममा मोटर चलाउँदा करेन्ट लागेर मृत्यु भएको हो भने अर्का एकजनाको सवारी साधनको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाअनुसार रुपन्देहीको सैनामैना नगरपालिका बार्ड नम्बर ९ बनरहना बस्ने ४० बर्षको भीमबहादुर नेपालीको तरकारी बारीमा पानी लगाउन प्रयोग गरिएको मोटरबाट करेन्ट लागेर मृत्यु भएको छ ।

करेन्ट लागेर गम्भीर घाईते भएका नेपालीको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल ब्ुटवलमा ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो । त्यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत सैनामैना नगरपालिका वडा नम्बर ५ बुद्धनगरमा पूर्वबाट पश्चिमतर्फ आउदै  गरेको ना ६ ख ५७०२ नम्बरको ट्रकले  सैनामैना कलौनी बस्ने  १६ वर्षका विनोद विकलाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप