बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

नोबेलको इमर्जेन्सी सेवा खुल्यो, राजीनामा दिएका नर्स काममा फर्किए

शुक्रबार, १२ भदौ २०७७, २० : २९
शुक्रबार, १२ भदौ २०७७

बिराटनगर । नोबेल शिक्षण अस्पतालको इमर्जेन्सी सेवा सुचारु भएको छ । अस्पतालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि केही दिनयता बन्द रहेको इमर्जेन्सी सेवा शुक्रबारबाट पुनः सुचारु भएको हो ।

इमर्जेन्सीबाट सबै किसिमका बिरामीको उपचार थालिएको नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालले जानकारी दिए । ‘केही दिन यता सेवा प्रभावित भएको थियो । अब इमर्जेन्सीबाट पुनः सबै किसिमका बिरामीको उपचार थालेका छौँ,’ निर्देशन नेपालले भने ।

यता, समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि बन्द भएको नोबेलले ओपीडी पनि अहिले खुल्ला भएको छ । ओपीडीबाट पनि नोबेलले बिरामीको उपचार गरिरहेको छ ।

यसैबीच केही दिन अघि सामुहिक राजीनामा दिएका नोबेलको इमर्जेन्सी बिभागका नर्सहरु पनि काममा फर्किएका छन् । राजीनामा दिएका नर्सहरु र अस्पताल प्रशासनबीच भएको छलफलमा सहमति जुटेपछि २५ जना नर्सहरु काममा फर्किएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप