बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

दूरबीन प्रविधिबाट १० वर्षीया बालिकाको सफल शल्यक्रिया

आइतबार, १४ भदौ २०७७, ०९ : ५९
आइतबार, १४ भदौ २०७७

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० वर्षीया बालिकाको अण्डासयको दूरबीन प्रविधिबाट सफल उपचार भएको छ । एक हप्ता अगाडि पेटको समस्या लिएर प्रतिष्ठान आएकी बालिकाको सिटी स्क्यान गर्दा पेटमा दुवै अण्डासयको १०×१५ cm को ट्युमर रहेको पुष्टि भएको थियो ।

यसलगत्तै बिरामीलाई अप्रेसनको मिति तय गरेर दूरबीन प्रविधिबाट अप्रेसनको सल्लाह दिएको थियो । डा. अजय अग्रवाल र डा मदन खड्काको टोलीले सफल शल्यक्रिया गरेका छन् । प्रतिष्ठानमा यसअघि यस किसिमको शल्यक्रिया बच्चामा भएको थिएन । दुरबीन प्रविधिबाट गरिने शल्यक्रिया सामान्य तय महङ्गो हुने गर्दछ । यस प्रविधिमा विशेष उपकरण र सीपको आवश्यकता पर्दछ । ।

बालिकाको अवस्था सुधारुन्मुख रहेको छ र आज डिस्चार्ज हुने अस्पतालले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप