आश्माको ‘सार्टनैको चोली’मा लोभिए सरोज
सोमबार, १५ भदौ २०७७, १२ : ०३
काठमाडौं – गायक तथा संगीतकार शंकर थापा ‘स्माईल’को नयाँ रोमान्टिक गीत ‘सार्टनैको चोली’ सार्वजनिक गरिएको छ ।
अम्बिका गुरुङको शब्द, शंकरकै संगीत रहेको गीतमा शंकरलाई स्वरमा दीपा लामाले साथ दिएका छन् ।
गीतको भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा बिश्वकर्माको अभिनय रहेको छ । भिडियोले प्रेमकथा देखाएको छ ।
सुब्रत राज आचार्यको निर्देशन रहेको भिडियोमा गम्भिर बिष्टको कोरियोग्राफी छ ।
भिडियोमा नवराज उप्रेतीको छायांकन तथा नबिन निरौलाको सम्पादनमा तयार भएको हो ।
भिडियोः