चिकित्सक दर्ता प्रमाणपत्रका लागि परीक्षा हुने
सोमबार, १५ भदौ २०७७, १७ : ५७
काठमाडौं । सरकारले चिकित्सक दर्ता प्रमाणपत्रका लागि मेडिकल काउन्सिलले लिने परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले परीक्षा केन्द्रमा चारैतर्फ दुई दुई मिटरको फरक हुने गरी परीक्षार्थी राखेर परीक्षा लिन दिने निर्णय गरेको हो ।
एउटा हलमा २५ जना सम्म रहने र परीक्षा दिन जानका लागि स्थानीय प्रशासनले सहजीकरण गर्ने निर्णय गरेको अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिएका छन् ।