सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बहराइनका राजकुमारलाई चार्टर फ्लाइटबाट आउन दिने सरकारको निर्णय

सोमबार, १५ भदौ २०७७, १८ : ११
सोमबार, १५ भदौ २०७७

काठमाडौं । सरकारले बराइनका राजकुमारलाई नेपालको हिमाल चढ्नका लागि आउन दिने निर्णय गरेको छ ।  आइतबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नेगरी चार्टर फ्लाइटबाट नेपाल आउन दिने निर्णय गरेको हो । 

आगामी सेप्टेम्बर १५ पछि बराइनका राजकुमारसहित १५ बहराइनी र ३ जना ब्रिटिश गरी १८ जनाको टोली नेपालको लोबुचे र मनास्लु हिमाल  चढ्न आउन लागेको बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप