सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्ता छन् मन्त्रिपरिषदका १४ निर्णयः नयाँ श्रम स्वीकृति दिनेदेखि राष्ट्रसंघको बैठकमा प्रधानमन्त्री सहभागी हुनेसम्म

सोमबार, १५ भदौ २०७७, १९ : ५६
सोमबार, १५ भदौ २०७७

काठमाडौं । सरकारले संयुक्त राष्ट्रसंघको ७५ औं महासभामा भर्चुअल माध्यमबाट प्रधानमन्त्री केपी शर्माओलीको नेतृत्वमा १० सदस्यीय प्रतिनिधिमण्डलले सहभागिता जनाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री केपी शर्माओलीको नेतृत्वमा परराष्ट्र मन्त्रीसहित १० सदस्यीय प्रतिनिधिमण्डल गठन गरी सोही बमोजिमको क्रेडेन्सियल्स महासभाको औपचारिक प्रयोजनका लागि पठाउने निर्णय गरेको हो । 

महासभा अन्तर्गत उच्चस्तरीय सप्ताहका बैठकहरुमा भर्चुअल माध्यमबाट प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलले काठमाडौंबाट र अमेरिकाका लागि नेपाली राजदूत, राष्टसंघका लागि नेपालका स्थायी प्रतिनिधि र स्थायी नियोगका कर्मचारीले सहभागिता जनाउने सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले जनाएका छन् । 

यस्तै सम्बन्धित श्रम गन्तब्य मुलुकसँगको सम्झौता र मागका आधारमा नयाँ श्रम स्वीकृति खुला गर्ने निर्णय पनि गरेको छ । 
हेर्नुहोस यस्ता छन् अन्य निर्णयहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप