सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मरिणका स्थानीयवासीले किर्ते अध्यक्ष बनेर तस्करी गर्नेलाई प्रहरीसमक्ष बुझाए

सोमबार, १५ भदौ २०७७, २२ : ४७
सोमबार, १५ भदौ २०७७

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका ३ मा किर्ते अध्यक्ष बनाएर अवैध काठ चोरी निकासी गर्दैगर्दा एक जनालाई पक्राउ गरिएको छ । सोही वडाको बुद्ध सामुदायिक वन उपभोक्ता समूहका सदस्य जितबहादुर मोक्तानलाई किर्तेगरी अबैध रुपमा सालको काठ कटान गरी विक्री गर्दैगर्दा स्थानीयले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका हुन् । 

समूहका अध्यक्ष नारायणबहादुर लामाका अनुसार मोक्तानले साताधार क्षेत्रमा कटान गरी घाटगद्धी गरिएको सालको गोलिया काठ आफु समूहको अध्यक्ष समेत भएको भन्दै किर्ते कागज बनाएर बिक्री गर्न लागेको चालपाएपछि स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन् । 

समूहका बास्तविक अध्यक्ष नारायाणबहादुर लामा हुन् । ‘तर, मोक्तानले व्यवसायीलाई झुक्याएर १ लाख ५० हजार रुपैयाँ पेश्कि समेत लिई बन्दको समयमा अनेत्र जिल्लामा लैजाने गरी काठ विक्री गर्न लागेको पाइएपछि छानविन गरी आवश्यक कारबाहीका लागि डिभिजिन वन कार्यालय र प्रहरीमा खबर गरी जिम्मा लगाईएको हो,’ अध्यक्ष लामाले भने ।

मोक्तानले यसअघि पनि काठ व्यवसायीहरुसँग मिलि अबैध रुपमा काठ तस्करी गर्ने गरेको आरोप छ । समूहका अध्यक्ष लामाले भने, ‘उनले समूहको किर्ते लेटरप्याड, छाप, नगदी रसिद बनाई काठ बिक्री गर्ने गरेको र भूकम्प पीडित उपभोक्ताहरुलाई निशुल्क वितरण गरिएको काठको समेत नक्कली रसिद प्रयोग गरेर पैसा असुल्ने गरेको पाइएको छ ।’

नक्कली अध्यक्ष बनेका मोक्तानले सोही ठाउँकी एकल महिला लुकुमायाँ श्रेष्ठलाई समूहले निशुल्क दिएको काठको समेत पैसा असुल्न दवाव दिँदै अभद्र व्यवहार गरेको पाइएपछि स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कपिलाकोटको जिम्मा लगाइएको उक्त वडाका वडाअध्यक्ष प्रख्यात मोक्ताले बताए ।

मोक्तानले समूहको दश लाख रुपैयाँ हिनामिना गरेको र समूहको कागजात तथा टाँचा समेत जफत गरी राखेको उपभोक्ताहरुले गुनासो गरेको वडा अध्यक्ष मोक्तानले उल्लेख गरे । उता स्थानीयका उजुरीका आधारमा जितबहादुर मोक्तानलाई नियन्त्रणमा लिई अनुशन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ भने मोक्तानले आफुमाथि लागेको अरोप झुटो भएको दावी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप