सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा मंगलबार ४ जना कोरोना संक्रमितको मृत्यु

मङ्गलबार, १६ भदौ २०७७, १७ : ४४
मङ्गलबार, १६ भदौ २०७७

जनकपुर । प्रदेश नम्बर २ मा मंगलबार कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । योसहित  प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९४ पुगेको छ । मृत्यु हुनेमा पर्साका २, बाराका १ र सिरहाका १ पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २० स्थित हरपतगंजका ५३ वर्षीय एक पुरुष र पर्साकै अन्दाजी ६० वर्षीय एक पुरुषको मृत्यु भएको जनाइएको छ ।

त्यस्तै बाराको कोल्हवी नगरपालिकाका ६० वर्षीय एक पुरुष र सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ६ का ६५ वर्षीय एक पुरुषको समेत कोरोना संक्रमणका कारण मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट प्रदेश नम्बर २ मा १६ महिला र ७८ पुरुष गरि कुल जम्मा ९४ जनाको मृत्यु भइसकेको छ ।

यस प्रदेशमा सबैभन्दा बढी पर्सामा ३६, बारामा १४, धनुषामा १२, महोत्तरीमा १०, सिरहामा ८, सप्तरीमा ६, रौतहटमा ५ र सर्लाहीमा ३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप