सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

मङ्गलबार, १६ भदौ २०७७, १९ : १३
मङ्गलबार, १६ भदौ २०७७

काठमाडौं । सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कलालीले पक्रेको छ । कैलाली प्रहरीले कैलारी गाउँपालिका–५ घर भएका ४८ वर्षीय पुरणप्रसाद कुमाललाई पक्राउ गरेको हो । ०६१ कातिकमा कैलालीको कैलारी गाउँपालिका–५ बस्ने २३ वर्षीय रामबहादुर कुमालको हत्या भएको थियो । सो हत्यामा संलग्न पुरणलाई कैलाली जिल्ला अदालतले ०६५ मा सर्वस्वसहित जन्मकैद गर्ने फैसला गरेको थियो ।

रामबहादुरलाई माटोको भाँडा बनाउने कोठामा सुतिरहेको बेला पुरणले धारिलो हतियारले हानेर हत्या गरेका थिए । जिल्ला अदालत कैलालीको आदेशले पुर्पक्षका लागी थुनामा रहेका बेला ०६१ माघमा तत्कालिन विद्रोही माओवादीले कारागारमा आक्रमण गरेको मौकामा पुरण भागेका थिए ।

पुनरावेदन अदालत दिपायल र सर्वोच्च अदालतले पनि पुरणलाई जिल्ला अदालतले गरेको फैसला सदर गरेको छ । लामो समदेखि लुकेर बसेका उनलाई पक्राउ गरेर अदालतको आदेशले थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप