बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

कोभिड संक्रमित भएका चिकित्सकलाई बेड आइसीयू र भेन्टिलेटर उपलब्ध गराइने

बुधबार, १७ भदौ २०७७, १७ : १९
बुधबार, १७ भदौ २०७७

काठमाडौं । कोभिड-१९ (कोरोनाभाइरस)बाट संक्रमित भएका चिकित्सकहरुलाई उपचारका लागि बेड, आइसीयू र भेन्टिलेटर प्राथमिकताका साथ उपलब्ध गराइने भएको छ।

एशोशिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल अफिन र नेपाल चिकित्सक संघको बुधबार बसेको संयुक्त परामर्शदाता कमिटीको बैठकमा संक्रमित भएका चिकित्सकहरुलाई उपचारका लागि बेड, आइसियु र भेन्टिलेटर प्राथमिकताका साथ उपलब्ध गराउने सहमति भएको हो।

यसका साथै बैठकले अस्पतालहरुमा भिडभाड कम गर्न ओपिडी,  बिरामी,  विरामीका आफन्त र हेल्थ्य केयर वर्करहरुका सम्बन्धि प्रोटोकल तथा गाइडलाइन तयार गर्ने पनि निर्णय गरेको छ।

बैठकमा कोभिड १९ को विषयलाई लिएर तलवभत्ता माग गर्दे उपचार प्रक्रियामा सहभागी नहुन केही चिकित्सकहरुको निर्णयप्रति  संयुक्त परामर्शदाता कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

यस विषयमा गम्भीर छलफल गरी चिकित्सकहरुलाई काममा फर्काउन एशोशिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल अफिन र नेपाल चिकित्सक संघले सहजीकरण गर्ने निर्णय भएको अफिनका वरिष्ठ उपाध्यक्ष कुमार थापाले जानकारी दिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप