बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

डा.शर्माको प्रवेशसँगै काठमाडौं मेडिकल कलेजमा ओपीडी निःशुल्क

बुधबार, १७ भदौ २०७७, २१ : ४७
बुधबार, १७ भदौ २०७७

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले ओपीडी निःशुल्क गरेको छ । यसअघि प्रति बिरामी १ सय रुपैयाँ ओपीडी शुल्क लिँदै आएको अस्पतालले बिहीबारबाट लागू हुनेगरी ओपीडी निःशुल्क गरेको हो ।

बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.सुनिल शर्माले नेपालकै उत्कृष्ट मानिने काठमाडौं मेडिकल कलेजको अध्यक्षको जिम्मेवारी सोमबारबाट सम्हालेका छन् । 

डा.शर्माको प्रवेश लगत्तै अस्पतालले बहिरंग सेवा वापतको स्वास्थ्य परिक्षण शुल्क हटाउने निर्णय लिएको हो । बिरामीहरुलाई उपचारमा सहुलियत प्रदान गर्न ओपीडी निःशुल्क गरिएको अस्पताल अध्यक्ष डा.शर्माले जानकारी दिए ।

काठमाडौंको सिनामंगल र भक्तपुरको दुवाकोटबाट कलेजको अस्पताल सेवा सञ्चालन भईरहेकाले दुबैमा ओपीडी निःशुल्क हुनेछ । सशुल्क उपचार सेवाको दररेट भने पुरानै कायम छ । 

सामान्य अवस्थामा सो अस्पतालमा उपचारका लागि दैनिक करिब १ हजार २ सय बिरामी आउने गरेका छन् । कोरोनाका कारण अहिले भने दैनिक करिब २ सय बिरामीको उपचार हुँदै आएको अस्पतालले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप