सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतको तेलङ्गनामा कार दुर्घटना, ५ युवकको मृत्यु

बुधबार, १७ भदौ २०७७, २२ : ३७
बुधबार, १७ भदौ २०७७

एजेन्सी । भारतको तेलङ्गना राज्यको वारंगाल गाउँमा भएको कार दुर्घटनामा परी पाँच जना युवाको ज्यान गएको छ । उक्त गाउँको दामेरा प्रहरी स्टेसननजिक भएको दुर्घटनामा ती पाँच जनाको ज्यान गएको प्रहरी निरीक्षक भास्कर रेड्डीले जानकारी दिएका छन् ।

उनका अनुसार बुधबार अपरान्ह  १ः३० बजे पाँच जना युवा सवार रहेका एक कार दुर्घटनाग्रस्त भएको थियो । उनीहरुलाई प्रहरीले उद्धार गरेको तर घटनास्थलमै उनीहरुको ज्यान गएको बताइएको छ  । 

उनीहरु सवार रहेको कारको विपरीत दिशाबाट आएको एक ट्रकले सो कारलाई ठक्कर दिएको थियो । त्यसपछि कार पनि उछिट्टिएको प्रहरीले जनाएको छ ।   प्रहरी निरिक्षक रेड्डीले उनीहरुको घटनास्थलमै निधन भए तापनि प्रहरीले थप अनुसन्धान भने गरिरहेको जानकारी दिएका छन् । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप