सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘चीनसँग अब संसारको सबैभन्दा ठूलो नौसेना, दर्जनौं देशमा सैन्य अड्डा बनाउने उद्देश्य’

बिहीबार, १८ भदौ २०७७, १० : ००
बिहीबार, १८ भदौ २०७७

एक अमेरिकी रिपोर्टमा चीनसँग अब दुनियाँको सबैभन्दा ठूलो नौसेना भएको जानकारी दिइएको छ । यसका लागि चीनले पाकिस्तान, श्रीलङ्का, थाइल्याण्ड, सिंगापुर, इन्डोनेशिया र म्यान्मारसमेत दर्जनौं देशमा आफ्नो सैन्य अड्डा बनाउने कोसिस गरिरहेको पनि यसमा दाबी गरिएको छ ।

टाइम्स अफ इन्डिया पत्रिकाले यो रिपोर्टलाई प्रकाशित गरेको छ । पत्रिकाले यो रिपोर्टलाई हवाला दिँदै चीनसँग अब संसारको सबैभन्दा ठूलो नौसेना भएका कारण आफ्नो सामारिक स्थिती र पुहँचलाई बलियो बनाउनका लागि चीनले आक्रामक ढङ्गले नयाँ सैन्य अड्डा खोजिरहेको बताएको छ ।

रिपोर्टका अनुसार चीन इन्डो प्यासिफिक क्षेत्रमा उनको नयाँ अड्डा विकसित होस् भन्ने चाहन्छ । साथै चीनको परमाणु हतियारको संख्या पनि अबको दशकमा दोब्बर बनाउने उद्देश्य छ ।

पत्रिकाका अनुसार चीनको सैन्य विस्तारको आँकलन गरिरहेको पेन्टागनको यो रिपोर्ट मंगलबार अमेरिकी संसदमा पेश गरियो । यद्यपि, चीनले यो रिपोर्टलाई पूर्वाग्रहले भरपुर भन्दै खारेज गरेको छ ।

पत्रिकाले लेखेको छ, ‘भारतद्वारा पेन्टागनको यो रिपोर्टलाई गम्भीरतापूर्वक लिन आवश्यक छ किनभने चिनियाँ नौसेनाको पहुँच भारतको समुद्री क्षेत्रमा बढिरहेको छ ।’

गत वर्ष भारतीय सेनाका प्रमुख एडमिरल कर्मबीर सिंहले भारतले तमाम बाधाबीच चिनियाँ सेनाको बढ्दो बिस्तारको जवाफ दिन आवश्यकता छ ।

उनले हिन्द महासागरमा चीनको बढ्दो प्रभावको विषयमा चिन्ता जताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप