सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सर्लाहीमा मिनिट्रक दुर्घटना, १ जनाको मृत्यु

बिहीबार, १८ भदौ २०७७, १३ : ५०
बिहीबार, १८ भदौ २०७७

सर्लाही । रामपुर नगरपालिका– ४ स्थित टुनीभञ्ज्याङमा मिनिट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही जिल्ला वाग्मती नगरपालिका वडा नं ७ घर भएका अन्दाजी वर्ष ३० का सन्तोष गहतराज रहेका इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । आज बिहान बुटवलबाट रामपुर आउँदै गरेको वाग्मती प्रदेश-०३-००१-००७१ नम्बरको मिनिट्रक दुर्घटना भएको हो ।

ट्रक चालक भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा अर्का एक जना भने सामान्य घाइते थिए । ट्रक सडकबाट एक सय ५० मिटर तल खसेको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप