बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

होटल व्यवसायी महासंघ र चिकित्सक संघबीच क्वारेन्टाइन तथा आइसोलेसनबारे सम्झौता

बिहीबार, १८ भदौ २०७७, १५ : १८
बिहीबार, १८ भदौ २०७७

काठमाडौं । कोरोनाविरुद्धको युद्धमा फ्रन्ट लाइनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आइसोलेसन तथा क्वारेन्टिनको व्यवस्था गर्ने सवालमा होटल व्यवसायी महासंघ नेपाल र नेपाल चिकित्सक संघबीच सम्झौता भएको छ ।
कोरोना संक्रमण बढ्दै गएको अवस्थामा हर तह र तप्काबाट उल्लेख्य सहयोग पु¥याउनुपर्ने खाँचो महसुस गर्दै दुवै संगठनबीच क्वारेन्टिन तथा आइसोलेसन सम्बन्धी सम्झौता भएको हो ।

सम्झौताअनुसार चिकित्सकहरुलाई आइसोलेसन तथा क्वारेन्टिनमा राखेबापत होटलले पाउने भुक्तानी स्वयं चिकित्सक वा निजले काम गर्ने स्वास्थ्य संस्थाले चेकआउट हुनुपूर्व सम्पूर्ण भुक्तानी गर्नेछ ।
होटलहरुको शुल्क र अन्य आवश्यक जानकारीका लागि होटल व्यवसायी महासंघ नेपालका प्रतिनिधि तथा नेपाल चिकित्सक संघका प्रतिनिधिलाई सम्पर्क गर्नुपर्ने छ ।

उपत्यका बाहिरका लागि नेपाल चिकित्सक संघका प्रादेशिक संयोजकहरु र होटल व्यवसायी महासंघ नेपालको तर्फबाट प्रादेशिक प्रमुखहरुको समन्वयमा आ–आफ्ना मातहतका प्रदेश तथा जिल्ला शाखाहरुबचि आवश्यक सहकार्य गर्न जिम्मेवारी तोकिएको जनाइएको छ ।

काठमाडौं उपत्यकाका साथै केन्द्रीय तहमा नेपाल चिकित्सक संघको तर्फबाट महासचिव बद्री रिजाल र होटल व्यवसायी महासंघका तर्फबाट बागमती प्रदेशका महासचिव दामोदर नेपाललाई सम्पर्क गर्न सकिने संयुक्त विज्ञप्तिमार्फत जनाइएको छ । 

दुवै संगठनबीच भदौ ८ गतेको संयुक्त बैठकले निर्णय गरेअनुसार यस्तो सहकार्य भएको होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाह र नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप