सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद् बैठक सकियो, अर्थमन्त्रीको बेलुकासम्म राजीनामा आउने

शुक्रबार, १९ भदौ २०७७, १४ : २३
शुक्रबार, १९ भदौ २०७७

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर नहुने भन्दै ढुक्क भएर काम गर्न मन्त्रीहरुलाई आश्वासन दिएका छन् । 

यस्तै बैठकमा अर्थमन्त्रीको राजीनामाको विषयमा छलफल भएको र अर्थमन्त्री अब राष्ट्रियसभा सदस्य नरहने भएपछि बैठकले उनलाई राजीनामा दिन सुझाइएको छ ।  एक मन्त्रीका अनुसार खतिवडाले शुक्रबार साँझसम्म राजीनामा दिने बताएका छन् । यस्तै मन्त्रिपरिषद् बैठकमा ओलीले हालसम्मको सहयोगका लागि खतिवडालाई धन्यवाद दिएका छन् । 

नेकपाको बिहीबारको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने जानकारी गराएका थिए । सोही अनुसार सरकारले गौतमको नाम सिफारिस गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप