सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चार महिनापछि पहिलोपटक भारत र चीनको उच्च राजनीतिक नेतृत्वबीच वार्ता

शुक्रबार, १९ भदौ २०७७, २३ : ५४
शुक्रबार, १९ भदौ २०७७

एजेन्सी । भारत र चीनबीचको सीमा विवाद सुरु भएको ४ महिनापछि पहिलोपटक उच्चस्तरीय राजनीतिक छलफल भएको छ । रुस भ्रमणमा रहेका दुई देशका रक्षामन्त्रीबीच शुक्रबार राती वार्ता भएको हो । सो भेटवार्ता झण्डै ४ महिनायता पूर्वी लद्दाखस्थित नियन्त्रण रेखा वरिपरि भएको २ देशका सेनाबीचको तनाव हटाउनमा केन्द्रीत रहेको जनाइएको छ ।

भारतीय मिडियाहरुका अनुसार मस्कोमा रहेका भारतीय रक्षामन्त्री राजनाथ सिंह र चिनियाँ रक्षामन्त्री विई फिङबीच सीमा विवाद समस्या समाधानमा केन्द्रीत रहेर छलफल भएको छ । सुरुमा चीनले वार्ताको प्रस्ताव राखिएको बताइएपनि वार्ताको वातावरण कसरी बन्यो भन्ने स्पष्ट भैसकेको छैन । दुबै देशका रक्षामन्त्री अहिले संघाई सहयोग संगठन(एससीओ) को बैठकमा भाग लिन मस्को भ्रमणमा रहेका छन् । 

पछिल्ला दिन ३० र ३१ अगष्टमा लद्दाखमा २ देशका सेनाबीच थप तनाव चर्किएको थियो । त्यसयता २ देशका सैनिक कमाण्डरहरुबीच पनि लगातार वार्ता भैरहेको छ । शुक्रबार पनि दुई पक्षका सैनिक कमाण्डरहरुबीच ३ घण्टा वार्ता भएको थियो । केही महिनाअघि लद्दाखमै भएको दुई पक्षीय झडपमा परेर थुप्रै भारतीय सेना मारिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप