सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोना बीमा भुक्तानी अन्यौल घाँटी नहेरी हाड निल्न खोज्नुको परिणाम: फियन

आइतबार, २१ भदौ २०७७, १९ : ४३
आइतबार, २१ भदौ २०७७

काठमाडौं । वित्तीय क्षेत्रका कर्मचारीहरुको संगठन नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले कोरोना बीमाको मागदाबी भुक्तानी बारेको अन्यौल ‘घाँटी नहेरी हाड निल्न खोज्दाको परिणाम’ भएको टिप्पणी गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै फियनले स्वास्थ्य मन्त्रालय अन्तर्गत बाहेकका संस्थाबाट गरिएको स्वास्थ्य परीक्षणलाई मान्यता नदिने बीमा समितिको निर्णयबारे ध्यानाकर्षण भएको जनाउँदै यो निर्णयले बीमा व्यवसायप्रति आम नागरिकको विश्वसनियता नै गुम्ने दाबी गरेको छ । नियामक निकायबाटै यस्तो अव्यवहारिक तथा अदुरदर्शी निर्णयलाई हुन नहुने जनाउँदै संघले सो निर्णय तत्काल फिर्ता लिई बीमा क्षेत्रको विश्वसनियता गुम्न नदिन ध्यानाकर्षण गराएको छ । 

२० वटा बीमा कम्पनीबाट करिब साढे ९ लाख बीमितले बीमा गराएर ५३ करोडभन्दा बढी रकम संकलन गरिसकेको अवस्थामा गत बुधबारसम्म १ हजार ५ सय २५ जनाले बीमा दाबी गर्दा २ सय ६९ जनालाई २ करोड ५९ लाख मात्रै भुक्तानी दिएकोमा अझै ११ करोड ८४ लाख रुपैंया भुक्तानी दिन बाँकी रहेको अवस्थामा गरिएको सर्कुलरले बीमितहरुलाई दाबी भुक्तानी गर्न थप जटिल अवस्था सिर्जना भएको निष्कर्ष संघको छ । 

संघले निजी जीवन बीमा कम्पनीहरुले २ महिना अघिनै आफ्नो क्षमताले भ्याउनेभन्दा बढी बीमालेख जारी गर्न नसक्ने बताउँदा बताउँदै नेपाल सरकारको निर्णयअनुसार असीमित बीमा पोलिसी बिक्री गर्न थालिएको भन्दै अहिले आएर उक्त दायित्व सम्वन्धित पक्षले व्यहोर्न कठिन हुने भएपछि सरकारी र निजी ल्यावको इस्यु बनाएर दायित्वबाट पन्छिने छुट कसैलाई पनि नभएकोले सेवाग्राहीलाई परेको यस समस्याको समाधान तत्काल निकाल्न आग्रह गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप