बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

नसर्ने रोगले लिन्छ वर्षेनी ४ करोडको ज्यान, कोरोना महामारीले उपचारमा समस्या

आइतबार, २१ भदौ २०७७, २० : २६
आइतबार, २१ भदौ २०७७

संसारभर फैलिएको (कोभिड–१९) कोरोना भाइरस महामारीका कारण अन्य रोगका बिरामीको उपचारमा बाधा पुुगेको छ । संयुक्त राष्ट्रसंघका स्वास्थ विशेषज्ञहरुका अनुसार क्यान्सर, हृदयरोग, मधुमेहजस्ता नसर्ने रोगको उपचारमा देखिएको व्यवधान घातक साबित हुनसक्छ । 

विश्व स्वास्थ संगठनले यस्ता रोग लागेका बिरामीको उपचारलाई प्राथमिकतामा राख्न अपिल गरेको छ । डब्ल्युएचओका अनुसार यस्ता रोगबाट हरेक वर्ष चार करोडभन्दा धेरै मानिसको ज्यान जानेगर्छ । 

डब्ल्युएचओका अनुसार कोरोना भाइरस संकटले स्वास्थ सेवामा गहिरो असर परेको छ । यहीकारण ५५ प्रतिशतभन्दा धेरै क्यान्सर बिरामी प्रभावित छन् । 
डाक्टरहरुले कोभिड–१९ को प्राथमिकतामा दिइरहदाँ अन्य रोगबाट ग्रस्त बिरामीहरुको उपचारमा ध्यान कम पुुगेको छ । 

डब्ल्युएचको प्रमुखका टेडरोस आदानोम गिब्रियससका अनुसार पहिल्यै मधुमेह, क्यान्सर र मुटुरोगबाट ग्रस्त भएका व्यक्तिहरुमा कोरोना भाइरसको असर पनि धेरै देखिन्छ । यस्ता बिरामीका लागि महामारी धेरै घातक हुनसक्छ । 

स्वास्थविद्हरुका अनुसार इटलीको अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये ६७ प्रतिशत हाइपरटेन्स र ३१ प्रतिशत टाइप–२ मधुमेहबाट ग्रसित थिए ।  त्यस्तै,मेक्सिकोमा ज्यान गुमाउने बिरामीमध्ये ठूलो तप्का मधुमेहबाट ग्रस्त रहेको अध्ययनले देखाएको छ । 

डब्ल्युएचओकी प्रवक्ता डाक्टर मार्गरेट ह्यारिसका अनुसार कोभिड १९ को रोकथामका लागि २०२१ को मध्यम्म मात्रै जनस्तरमा व्यापक रुपमा भ्याक्सिन उपलब्ध हुनसक्छ। त्यसैले यस अवधिमा अन्य रोगका बिरामी र जोखिम समुहलाई विशेष ख्याल गर्न डब्ल्युएचओले अपिल गरेको छ । 

केही भ्याक्सिनको तेस्रो चरणको परीक्षण चलिरहे पनि यसको सुरक्षा प्रोटोकलबारे पर्याप्त जानकारी हासिल हुन अझै समय लाग्ने डब्ल्युएचओले जनाएको छ । भ्याक्सिन उपलब्ध नहुदाँसम्म सबै मानिसलाई सरसफाई र संक्रमण रोकथामका अन्य उपायमा ध्यान दिन डब्ल्युएचओले अपिल गरेको छ ।

स्रोत : जागरण 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप