आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आफूलाई ‘हरामखोर’ भन्ने सांसदलाई कंगनाको चुनौतीः ‘९ तारिखमा आउँदैछु, तपाईंका मान्छेले मार्ने धम्की दिइरहेका छन्’

सोमबार, २२ भदौ २०७७, ०७ : ५७
सोमबार, २२ भदौ २०७७

कंगना रनोटले आइतबार १ मिनेट ४५ सेकेन्डको भिडियो जारी गरिन् । उक्त भिडियोमा उनले आफूलाई ‘हरामखोर’ भन्ने शिवसेना सांसद संजय राउतमाथि हमला गरेकी छिन् । उनले आफू सेप्टेम्बर ९ तारिखमा मुम्बई पुग्ने बताउँदै शिवसेनाका मान्छेले आफूलाई मार्ने धम्की दिइरहेको बताएकी छिन् ।

कंगनाको पूरा बयान यस प्रकार छः

संजय राउतजी, तपाईंले मलाई ‘हरामखोर’ भन्नुभयो । तपाईं सरकारी सेवक हुनुहुन्छ, मन्त्री हुनुहुन्छ, तपाईंलाई त राम्रोसँग थाहा होला कि हरेक दिन, हरेक घण्टा कति केटी बलात्कृत हुन्छन् । कतिजनाको शोषण गरिन्छ । उनीहरुको शरीरमा एसिड हालेर फ्याँकिन्छ । कार्यस्थलमा उनीहरुलाई गाली गरिन्छ, उनीहरुको अपमान गरिन्छ । उनीहरुको आफ्नै श्रीमानले मुख, नाक, बंगरा फुटाइदिन्छन् ।

तपाईं थाहा छ कि यसको जिम्मेवार को हुन् ? यसका लागि त्यो मानसिकता जिम्मेवार छ जसको प्रदर्शन तपाईंले पूरा समाज, देशको अगाडि गर्नुभएको छ । यो देशका छोरीहरुले तपाईंलाई माफ गर्ने छैनन्, संजयजी । जब आमिर खानजीले उहाँलाई यो देशमा डर लाग्छ भन्नुभयो तब उहाँलाई कसैले पनि हरामखोर भनेनन् । जब नसिरुद्दीन शाहजीले भन्नुभएको थियो तब उहाँलाई पनि कसैले हरामखोर भनेनन् ।

जुन मुम्बई पुलिसको तारिफ गरेर म कहिल्यै थाक्दिनथेँ, पालघरमा साधुको लिन्चिङ हुँदा उनीहरु चुपचाप उभिन्छन् । सुशान्तका पिता वा मेरो एफआईआर लिँदैनन् । यसमाथि म प्रशासनको निन्दा गर्छु जुन मेरो अभिव्यक्ति स्वतन्त्रता हो । संजयजी, म तपाईंको निन्दा गर्छु, तपाईं महाराष्ट्र होइन । तपाईं यो भन्न सक्नुहुन्नँ कि मैले महाराष्ट्रको निन्दा गरेँ ।

संजयजी, म ९ सेप्टेम्बरमा आउँदैछु । तपाईंहरु भनिरहनुभएको छ भने मेरो बंगारा फुटाइदिनुहुन्छ, मलाई मार्नु हुन्छ । तपाईंहरु मलाई मार्नुहोस् किनभने यो देशको माटो र गरिमाका लागि थाहा छैन कतिले आफ्नो ज्यान दिएका छन् । हामी पनि दिन्छौं संजयनी किनभने हामीलाई पनि त्यो दायित्व निभाउनु छ । ९ सेप्टेम्बरमा भेट्नेछौं ।

के हो मामिला ?

बिहिबार कंगना रनोटले आफ्नो एक ट्वीटमा संजय राउतले उनलाई मुम्बई नआउन धम्की दिइरहेको बताएकी थिइन् । उनले आफूलाई मुम्बई किन पाकिस्तानको कब्जामा रहेको कश्मीरजस्तो लागिरहेको छ भनेर पनि प्रश्न उठाएकी थिइन् । यसका लागि राउतले लगातार कंगनामाथि हमला गरिरहेका थिए ।

शनिबार उनलाई एक समाचार च्यानलका पत्रकारले कंगनाको त्यो बयानको प्रतिक्रिया मागेका थिए जसमा उनले ९ सेप्टेम्बरमा मुम्बई आउने बताउँदै रोक्न सके रोक भन्दै चुनौती दिएकी थिइन् । यसको जवाफमा  राउतले भनेका थिए, ‘तपाईंले के त्यो हरामखोर केटीको वकालत गरिरहनुभएको छ ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप