सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाली बजारमा बीएस६ एफआईयुक्त नयाँ स्पोर्टी स्कुटर भित्र्याउँदै यामाहा

सोमबार, २२ भदौ २०७७, १५ : ५२
सोमबार, २२ भदौ २०७७

काठमाडौं । टु ह्वीलस्को प्रसिद्ध ब्राण्ड यामाहाले नेपाली बजारमा बीएस६ एफआईको उत्कृष्ट नयाँ स्पोर्टी स्कुटर ल्याउने भएको छ । बढ्दो स्कुटरको क्रेजलाई लक्षित गर्दै कम्पनीले १२५सीसीको ‘रेजीआर १२५ एफआई’ प्रिमियम स्कुटर बजारमा ल्याउन लागेको हो ।

नेपालमै पहिलो पटक ल्याइदै गरेको उक्त स्कुटर असोज पहिलो साताभित्र भर्चुअल लन्चमार्फत सार्वजनिक गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ । 
निकट दिनमै सार्वजनिक हुँदै गरेको रेजीआर १२५ अहिलेसम्मकै उत्कृष्ट पावरफुल बीएस६ कम्प्लायन्ट इन्जिनयुक्त स्कुटर भएको कम्पनीको दाबी छ ।

रेजीआर १२५ एफआई हालसालै विश्वमा भित्रिएको नविन प्रविधि आर्टिफिशियल इन्टेलिन्स (एआई)मा आधारित भएर निर्माण गरिएको पावरफूल स्कुटर हो । जसमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि समेत जडान गरिएको छ । 

भारतमा विगत ३ महिनादेखि बीएस६ मापदण्ड अनिवार्य लागू भए पनि नेपालमा अन्य प्रतिस्पर्धी ब्रान्डहरुले हालसम्म बीएस६मा आधारित कुनै मोटरसाइकल वा स्कुटर आयात गरेको छैन । तर यसको ठिक विपरित यामाहाले भने नेपालमा बीएस६ र एफआई प्रविधि भएका मोटरसाइकल र स्कुटर लगातार सार्वजनिक गर्दै आएको छ । यसैको निरन्तरतामा पछिल्लो पटक यामाहाल स्कुटरमा रेजी १२५ एफआई बजारमा उतार्ने योजना बनाएको कम्पनीले जनाएको छ । 

एफआई र बीएस६ भएका स्कुटर किन्न चाहने ग्राहकहरुलाई यो नै सुनौलो अबसर हुने समेत कम्पनीले बताएको छ । जुन यामाहा बाहेक बजारका अन्य स्कुटरमा सो सुविधा उपलब्ध नभएको कम्पनीको दाबी छ ।
यामाहाको डीएनए अनुरुप स्पोर्टी र आकर्षक डिजाइनमा सार्वजनिक हुने रेजीआर १२५ एफआई स्कुटर वास्तवमै नेपालमै पहिलो पटक सार्वजनिक हुने हुँदा यसलाई बजारमा निकै चासोको रुपमा हेरिएको छ । 
यसको बजार मूल्य भने कम्पनीले तोकिसकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप