सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

५ सयमा नक्कली प्रेस कार्ड बिक्री, बागबजारबाट ३ जना पक्राउ

सोमबार, २२ भदौ २०७७, १८ : २८
सोमबार, २२ भदौ २०७७

काठमाडौँ । बागबजारबाट नक्कली प्रेस कार्ड बनाउँदै बिक्री गर्ने तीन जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कालिका प्रिन्टिङका सञ्चालक लक्ष्मण न्यौपानेसहित तीनजना छन् । उनीहरुले प्रेस कार्ड प्रतिगोटा ५०० को दरले बेच्ने गर्थे । 

प्रहरीले बनाएर तयारी अवस्थामा बेच्न राखेको १२÷१५ वटा प्रेस कार्ड, कार्ड बनाउन प्रयोग गरिने सामानहरु समेत बरामद गरेर ल्याएको महाशाखाले जनाएको छ । 

अफेसट प्रेस, अनलाइन र केही पत्रिकाहरुको कार्ड बनाउँदै बिक्री गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप