आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सर्वसाधारणलाई खाना खुवाउन रत्नपार्क पुगिन् अभिनेत्री बेनिशा

मङ्गलबार, २३ भदौ २०७७, १२ : ४०
मङ्गलबार, २३ भदौ २०७७

काठमाडौं – सरकारले जारी गरेको निषेधाज्ञाका कारण सर्वसाधारणलाई खान समेत समस्या परेको छ । त्यसैले पनि काठमाडौको रत्नपार्कमा अहिले हरेक दिन विहान बेलुका खाना खान सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ । त्यहाँ विभिन्न संघसंस्थाले उनीहरुलाई खाना खुवाउने गरेका छन् । 

यस्तैमा अभिनेत्री बेनिशा हमालले पनि सोमवार रत्नपार्क पुगेर त्यहाँ उपस्थित सबैलाई खाना खुवाएकी छन् । उनले रोयल कोल्याबोरेटिम्ससँगको सहकार्यमा त्यहाँ खाना खुवाएकी हुन् । 

उनले खाना खुवाइरहेको तस्विर सामाजिक संजालबाट समेत सार्वजनिक गरेकी छन् । तस्बिरका साथ उनले मंगरबार पनि रत्नपार्कमा खाना बाँड्ने उल्लेख गरेकी छन् । ‘बाँडेर खानेको पेट कहिले पनि खाली हुँदैन’ उनले अगाडि लेखेकी छन् । 

रोजगारी गुमेर बिहान बेलुका हातमुख जोर्न समस्या भएर रत्नपार्कमा जम्मा हुनेलाई रोयल कोल्याबोरेटिम्स, अभिनेत्री बेनिशाका अलवा गायक सुशिल अधिकारीले पनि खाना खुवाइरहेका छन् । सुशिलले निषेधाज्ञायता दैनिक खाना खुवाउदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप