सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सकारात्मक दिशातिर फर्कियो चीनको आर्थिक वृद्धिदर

मङ्गलबार, २३ भदौ २०७७, १७ : ३८
मङ्गलबार, २३ भदौ २०७७

काठमाडौं । सन् २०२० को दोस्रो त्रैमासमा चीनको आर्थिक वृद्धिदर सकारात्मक देखिएको छ । चीनले यो क्वार्टरमा ३.२ प्रतिशतको बृद्धिदर हासिल गरेको हो ।  कोरोनाभाइरसको महामारीसँगै लकडाउन हुँदा पहिलो त्रैमासको आर्थिक वृद्धि नकारात्मक देखिएको थियो । तर गत बुधबार सार्वजनिक भएको आँकडाअनुसार चीनको कूल ग्राहस्र्थ उत्पादनमा बृद्धिकै बाटोमा फर्किएको हो । 

चीनले पुनः सुचारु गरेको अर्थतन्त्रलाई यतिबेला विश्वले नियालिरहेको छ । यो आर्थिक वृद्धिले चीनको अर्थतन्त्रको भी–आकारको रिकभरीलाई निर्देशित गर्ने विज्ञहरुले बताएका छन् । यो आकारको अर्थतन्त्र छिटो तल झर्ने र छिटै रिकभरीमा जाने खालको हुन्छ । 

यो आँकडाले चीनले आफ्नो अर्थतन्त्रलाई प्राविधिक मन्दीबाट जोगाएको देखाएको छ । चीनले पछिल्ला दशकहरुमै पहिलोपटक नकारात्मक बृद्धि हासिल गरेको थियो । त्यतिमात्रै नभएर पहिलोपटक चीनले आर्थिक बृद्धिको लक्ष्य लिएन । 

पहिलो त्रैमासमा चीनले ६.८ प्रतिशतको नकारात्मक बृद्धिदर हासिल गरेको थियो । जुन जीडीपी रेकर्ड गर्न थालिएपछिकै सबैभन्दा खराब अवस्था हो । भाइरसको फैलावट रोक्न चीनले चालेको कडा कदमाका कारण यो अवधिमा देशका अधिकांश कलकारखानाहरु बन्द थिए । 

के यो भी–आकारको रिकभरी नै हो त ? 

–बीबीसी–न्यूज सिंगापूरका मारिको ओईको विश्लेषण 

चिनियाँ अर्थतन्त्रले सकारात्मक बृद्धिको व्यवस्थापन गर्न सफल भयो किनकि यो लकडाउनबाट सुरु भयो । सरकारी अधिकारीहरुले घोषणा गरेका सबै स्टिमुलस योजनाहरुले अहिले काम गरिरहेको देखिन्छ । कलकारखानाहरु बढ्दै जाँदा औद्योगिक उत्पादन बढ्दै जाने देखिन्छ । 

उनीहरुले आशा गरेबमोजिम सफल हुन नसकेको क्षेत्र खुद्रा व्यापार हो । दोस्रो त्रैमासमा पनि कम देखिएको मान्छेको खर्च गर्ने प्रवृत्तिलाई सुधार गर्नु उनीहरुको मुख्य चुनौती हो । र, अर्थतन्त्र पुनः सुचारु भइरहेको अवस्थामा हङकङको सम्बन्धमा अमेरिकासँगको जारी तनाव अर्को चुनौतीको विषय हो । त्यसैले अहिलेसम्मको रिकभरीलाई मात्रै भी आकारको भन्न रुचाउँदैनन् । ड्युश बैंकको अनुसन्धान नोटमा भनिएको छ, ‘धेरै हदसम्म चीनको भी–शेप रिकभरी सकियो ।’

चीनमा उपभोक्ताको खर्च दर कोभिड अघिको भन्दा केही कम छ । तर बाँकी केही क्षेत्रको अन्तर अझै धेरै छ । यात्रा, भोजन र मनोरञ्नजसँग सम्बन्धित सेवाहरु, जहाँ द्रुत गतिको रिकभरी सम्भव नै छैन ।  मे महिनामा चीनले सन् २०२० का लागि आर्थिक वृद्धिको लक्ष्य नराख्ने घोषणा गर्यो किनकी उसले यो वर्ष कोरोनाभाइरसको महामारीको नतिजालाई स्वीकार गर्यो । आर्थिक वृद्धिको लक्ष्य नै नलिइएको इतिहासमा यो पहिलोपटक हो । वर्षको दोस्रो त्रैमासको बृद्धि सकारात्मक भए पनि अर्धवार्षिक वृद्धिदर १.६ प्रतिशतले कमी देखिएको छ । स्रोत: बीबीसी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप