पत्रकार बानियाँको परिवारलाई अमेरिकाबाट साढे ३ लाख सहयोग
मङ्गलबार, २३ भदौ २०७७, २० : ४८
काठमाडौं । दिवंगत पत्रकार बलराम बानियाँको परिवारलाई अमेरिकाको न्युयोर्कबाट साढे ३ लाख आर्थिक सहयोग जुटेको छ । राधाकृष्ण देउजाको पहलमा संकलित रकम मंगलबार उनकी छोरी सुस्मीतालाई हस्तान्तरण गरिएको छ ।
‘गोफण्ड’ मार्फत एक सातामा ३ लाख ५७ हजार एक सय ६७ रुपैया संकलन गरिएको थियो ।
बानियाँको पेशागत इमान्दारिताको सम्मानका लागी सो अभियान शुरु गरेको बताइएको छ । संकलित रकम परिवारलाई हस्तान्तरण गरेसँगै अब अभियान बन्द गरिएको देउजाले बताएका छन् ।
‘इमानदार पत्रकारको रुपमा उहाँका समाचारको म नियमित पाठक थिए,’ देउजाले भने, ‘उहाँ दिवंगत भएपछि परिवारलाई सहयोग गर्नुपर्छ भनेर अर्थ संकलन गरेको हुँ ।’
काभ्रेका स्थानीय देउजा लामो सयमदेखि अमेरिकामा छन् ।
पत्रकार बानियाँकी छोरी सुस्मिताले बुबाको सहज मृत्यु नभएको भन्दै छानविन गर्नुपर्ने बताइन् ।