आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुशान्तसिंह मृत्यु प्रकरणः रिया चक्रवर्ती गिरफ्तार

मङ्गलबार, २३ भदौ २०७७, २३ : २८
मङ्गलबार, २३ भदौ २०७७

एजेन्सी । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले रिया चक्रवर्तीसँग गिरफ्तार गरेको छ । सुशान्तसिंह काण्डमा रियालाई मंगलबार ड्रग्सको मामिलामा दिल्लीबाट आएको एसआइटी समूहले सोधपुछ गरेको थियो । यसअघि उनका भाई शौविक चक्रवर्तीलाई पनि एनसीबीले पक्राउ गरिसकेको छ । समाचार एजेन्सी एएनआईले नारकोटिक्स कन्ट्रोल ब्यूरोका उप निर्देशक केपीएस मल्होत्रालाई उद्धृत गर्दै रियाको पक्राउको पुष्टि गरेको छ।

सेप्टेम्बर ५ मा शौविक चक्रवर्ती र सुशान्तसिंह राजपूतका प्रबन्धक शमूएल मिरन्दालाई एनसीबीको टोलीले पक्राउ गरेको थियो । बलिउड अभिनेता सुशान्तसिंह राजपूतको मृत्युको घटनामा यो तेस्रो गिरफ्तारी हो। सुशान्तसिंहको मृत्यु प्रकरणमा सीबीआईले अनुसन्धान गरिरहेको छ तर यो गिरफ्तारी भने लागुपदार्थको कारोबारमा संलग्न रहेको आरोपमा एनसीबीले गरेको हो ।

रियालाई पक्राउ गरेलगत्तै एनसीबीले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा एनसीबीले रियाको स्वास्थ्य परीक्षण गरिएको जानकारी दिएको छ । एनसीबीका उप महानिदेशक (दक्षिण(पश्चिम क्षेत्र) मुठा डीजी अशोक जैनले भने, ‘रियाको स्वास्थ्य परीक्षण गरियो। उनको कोरोना टेस्ट पनि गरियो, जुन नेगेटिभ आएको छ ।’

उनले भने, ‘हामीले रियालाई गिरफ्तार गर्‍यौं, यसको मतलब हामीसँग यसका लागि पर्याप्त चीज छ।’ तर उनले गिरफ्तार गरिएकाहरुबाट अहिलेसम्म कुनै पनि प्रतिबन्धित वस्तुहरु नभेटिएको दाबी गरे । एनसीबीले रियालाई अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।  सुशान्तसिंह की बहिनी श्वेता सिंह कीर्तिले रिया पक्राउ परेलगत्तै ट्वीट गरेर भनेकी छिन् ‘भगवान हामीसँग हुनुहुन्छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप