बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

अक्सफोर्डले बनाइरहेको भ्याक्सिनको ट्रायल रोकियो

बुधबार, २४ भदौ २०७७, १४ : ०३
बुधबार, २४ भदौ २०७७

 

कोरोनाभाइरसविरुद्धको खोपको दौडहरुमा सबैभन्दा अग्रपंक्तिमा रहेको तथा सबैभन्दा प्रभावकारी हुने भनी ठानिएका भ्याक्सिनहरुमध्येका एक हुन् अक्सफोर्डले विकसित गर्दै गरेको भ्याक्सिन अस्ट्राजेनेका । तर अहिले परीक्षणका दौरानमा विरामीहरुमा नखुलाइएको विरामी देखापरेपछि सो खोपको क्लिनिकल ट्रायल निलम्बन गरिएको छ ।

अक्सफोर्ड भ्याक्सिनको नामले चर्चित उक्त खोप अक्सफोर्डसँग मिलेर प्रसिद्ध बेलायती औषधि कम्पनी अस्ट्राजेनेकाले बनाइरहेको थियो ।

बेलायतका स्वास्थ्य सचिव माट हानककले कोरोनाभाइरस खोपको परीक्षण निलम्बन गर्ने अस्ट्राजेनेकाको निर्णय चुनौतीपूर्ण रहेको बताएका छन्  तर साथसाथै उनले यसकै कारण खोप विकासको प्रयत्नबाट पछि हट्न जरुरी नरहेको पनि प्रष्टाएका छन् ।

यो घटनाले कोरोनाभाइरसविरुद्धको खोप बनाउने कुरा सोचेजस्तो सजिलो नरहेको देखाएको छ । कुनैपनि संक्रामक रोगविरुद्धको खोप सफलतापूर्वक निर्माण हुनका लागि विभिन्न चरणका परीक्षणहरु पार गर्नुपर्ने हुन्छ, जसका लागि डेढ वर्षदेखि कैयन वर्षसम्म समय लाग्न पनि सक्छ । तर यतिखेर कोरोनाभाइरसको महामारीलाई दृष्टिगत गर्दै संसारभरि नै परम्परागत मापदण्डहरुलाई समेत परिमार्जन गर्दै, फास्टट्याकबाट या खोप निर्माण गर्ने दौड चलिरहेको छ । यसैमेसोमा रुसले त आफूले खोप बनाएको दावी मात्र गरेको छैन, उसले सार्वजनिक रुपमा त्यसको प्रयोगको थालनी पनि गरिसकेको छ । यद्यपि, त्यस खोप कत्तिको सफल र प्रभावकारी छ भन्ने थाहा पाउनको लागि केही समय कुर्नुको विकल्प छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप