सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘बुलेट मोटरसाइकलको क्लू’, जसले पत्ता लाग्यो लप्सेफेदी जंगलका लुटेरा

बुधबार, २४ भदौ २०७७, १५ : ११
बुधबार, २४ भदौ २०७७

काठमाडौं । सिन्धुपाल्चोकका ४५ वर्षीय ज्ञानेन्द्रप्रसाद खतिवडा शंखरापुर नगरपालिका–३ स्थित लप्सेफेदीको जंगलमा लुटिए । मंगलबार बिहान २ बजेतिर सिन्धुपाल्चोकबाट कुखुरा बोकेको गाडीसँगै मोटरसाइकलमा आएका  खतिवडालाई ४–५ जनाको समूहले घेरा हाले ।

जंगल सुनसान थियो, बाटो छेकेर कुटे अनि, उनको साथमा रहेको २५ हजार लुटेर भागे । ज्ञानेन्द्र केही बोल्न सकेनन् । महानगरीय प्रहरी प्रभाग साँखुमा पुगेर उनले उजुरी गरे ।

महानगरीय प्रहरी प्रभाग साँखुले लुटपाट भएको १२ घण्टा नबित्दै आरोपीलाई पक्राउ गरेको छ । लुटपाटमा संलग्नमध्ये ३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग साँखुका इन्सपेक्टर गोविन्द पन्थीले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा शंखरापुर नगरपालिका–१ चौकिभञ्ज्याङ बस्ने २४ वर्षीय अनिल लामा, बागबारस बस्ने २३ वर्षीय पेम्वा लामा र जर्सिङपौवा बस्ने २३ वर्षीय वीरेन्द्र वाईवा छन् । ज्ञानेन्द्र आफ्नो फर्मको कुखुरा बिक्री गर्न गाडी पछिपछि मोटरसाईकलमा काठमाडौंतर्फ आउँदै थिए ।

बुलेटको क्लू
ज्ञानेन्द्रले लुटपाटमा संलग्न कसैलाई चिनेका थिएनन् । उनले यत्तिमात्रै सम्झन सके– ‘लुटेरा बुलेट मोटरसाइकल चढेर आएका थिए ।’ लप्सेफेदीको जंगलमा घाङ्ग्री रिसोर्ट चलाउने सञ्जय घलान बुलेट चढेर हिँड्थे । सो क्लूका आधारमा प्रहरीले घलानलाई खोज्यो ।

घलान फरार भएको कुरा सुईको पाएपछि प्रहरी उनको लिङ्कका मान्छे खोज्न थाल्यो । सो क्रममा ३ जना पक्राउ परे । त्यो एरियामा बुलेट मोटरसाइकल चढेका घलेसहित ३ जना मात्र थिए ।

प्रहरीले सोही सुराकको आधारमा लुटपाटमा संलग्नलाई तत्काल नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको छ । लुटपाटमा एउटा मात्र बुलेट प्रयोग भएको बताइएको छ ।

घटनामा संलग्नहरु विगतमा पनि सो क्षेत्रमा उच्छृङ्खल गतिविधिमा संलग्न भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप