सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नारायणगढ- मुग्लिन सडक एकतर्फी सञ्चालन

बुधबार, २४ भदौ २०७७, १७ : ०८
बुधबार, २४ भदौ २०७७

चितवन । नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा गएको सुक्खा पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो । उक्त सडकखण्डमा रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् । दुईवटा रुखसहित खसेको पहिराले दुई घण्टा सडक अवरुद्ध बनेको थियो ।
 
आज बिहान परेको मुसलधारे पानीले सो सडकखण्डअन्तर्गत अन्य क्षेत्रमा पनि लेदो झरेको र त्यो सफा गर्ने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप