सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोभिड-१९ विरुद्धको खोप यसै वर्ष आउन सम्भव छः एस्ट्राजेनेका

बिहीबार, २५ भदौ २०७७, १९ : ५४
बिहीबार, २५ भदौ २०७७

एजेन्सी । बेलायतको ख्यातिप्राप्त औषधी उत्पादन कम्पनी एस्ट्राजेनेकाले कोभिड–१९ को खोप यसै वर्ष आउन अझै सम्भव भएको बताएको छ । गत मङ्गलबार उक्त कम्पनीले विकास गरेको खोप परीक्षणका क्रममा एक व्यक्ति विरामी परेपछि कम्पनीले खोपको परीक्षणलाई छोटो समयका लागि रोकेको जनाएको थियो । 

एस्ट्राजेनेकाले बिहीबार खोपबारे बजारमा फैलिएका हल्लाहरूपछि खोपको परीक्षण तत्काल रोकी परीक्षणमा सम्लग्न विरामीलाई खोपका कारण स्वास्थ्य समस्या जटिल भएको हो वा उनलाई अन्य कारणले स्वास्थ्यमा समस्या आएको हो परीक्षणहरू भइरहेको र छिट्टै टुङ्गोमा पुग्ने बताएको हो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पास्कल सोरियटले सञ्चारमाध्यमलाई उपलब्ध गराएको एक विज्ञप्तिमा भनिएको छ, “यस बर्षको अन्त वा अर्को वर्षको सुरुसम्ममा हामीले खोपलाई उपलब्ध गराउन सम्भव छ ।”

“परीक्षणमा सम्लग्न एक स्वयम्सेवकमा स्वास्थ्य समस्या देखिएको विवरणपछि परीक्षणलाई छोटो समयका लागि रोकिएको छ” अक्सफोर्ड विश्वविद्यालयको सहकार्यमा विकसित औषधिको उत्पादक कम्पनी अस्ट्रोजेनेकाले बुधबार घोषणा गरेको थियो ।

सुरक्षाको समीक्षा गर्न स्वतन्त्र समिति गठन गरिएको छ तर कम्पनीले यसलाई परीक्षणको विश्वसनियातालाई अक्षुण्ण राख्न गरिएको नियमित कार्य बताएको छ ।  “परीक्षण कहिले पुनः सञ्चालनमा ल्याउने सम्बन्धमा हामीहरू यस समितिबाट निर्देशित हुनेछौँ । हामी छिट्टै सो अवसरको पर्खाइमा छौँ,” सारियटले भने । 

अस्ट्राजेनेका कम्पनीले विकसित गरेको खोप विश्वमा अन्तिम अवस्थामा परीक्षणमा रहेका भनिएका विभिन्न नौ वटा खोपमध्ये एक र बढी आशा गरिएको खोप हो ।  कम्पनीले अमेरिकाका दर्जनौँ स्थानसहित ३० हजार अमेरिकी स्वयम्सेवकसहित ब्राजिल र दक्षिण अमेरिकी मुलुकहरूमा खोपको अन्तिम परीक्षण गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप